arrow

वडाध्यक्षकै घरमा शौचालय नभएपछि

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १२ मंगलबार
toilet.jpeg

चन्द्रौटा (कपिलवस्तु)। कपिलवस्तुको विजयनगर गाउँपालिकाले शौचालय नबनाउने वडाध्यक्षसहित कर्मचारीको सेवा सुविधा रोक्का गरेको छ । 

खानेपानी तथा सरसफाइ कार्यविधि, २०७६ बमोजिम वडा नं १ अध्यक्ष इन्नर चौधरीसहित कर्मचारी शिक्षकको सेवा सुविधा रोक्का गर्न सिफारिस गरिएको छ । खानेपानी तथा सरसफाइ कार्यक्रमका वास संयोजक अर्जुन बेल्वासेसहितको टोलीले जनप्रतिनिधि र कर्मचारीको घरमा शौचालय भए÷नभएको निरीक्षण गरेको थियो ।

निरीक्षणमा वडाध्यक्ष इन्नरको घरमा शौचालय नभएको पाइएको छ ।  वडा नम्बर ७ बडसुडका जनज्योति आधारभूत विद्यालय मानपुर-ढोढरीका प्रधानाध्यापक सगराम बढईले शौचालयको रिङ मात्र बनाएको भेटिएको छ । वडा नम्बर १ गुगौलीका गाउँपालिकाको जिन्सी शाखामा कार्यरत इलेक्ट्रिसियन सङ्गम खटिक, वडा नम्बर १ गुगौलीकै गाउँपालिका-६ बद्धौर आधारभूत स्वास्थ्यचौकीका कार्यालय सहयोगी राजेश कोरीको घरमा शौचालय छैन ।

वडा नम्बर २ महुवादुधारका वडासदस्य सोमइ केवट, वडा नम्बर २ पडरियाका पशु विकास शाखाका कार्यालय सहयोगी हेमराज तेलीले खुला ठाउँमा शौच गर्ने गरेका छन् । वडा नम्बर २ बगहियाका गुगौली स्वास्थ्यचौकी कार्यालय सहयोगी त्रिभुवन भरले शौचालय निर्माण गरेको तर ढोका नलगाइएको फोहर अवस्थामा भेटिएको अनुगमन टोलीले जनाएको छ । 

शौचालय नभएका जन-प्रतिनिधि, कर्मचारी र शिक्षकको गाउँपालिकाद्वारा प्रदान गर्ने सेवा सुविधा रोक्क गर्न गाउँपालिकालाई सिफारिस गरिएको वास संयोजक बेल्वासेले बताए । गाउँपालिकालाई २०७५ जेठ २४ गते खुला दिसामुक्त घोषणा गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ