जनैपूर्णिमाका दिन पशुपति र कुम्भेश्वरमा भक्तजन [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १४ बिहिबार
912
Shares
काठमाडौं । जनैपूर्णिमा एवं रक्षा बन्धनका दिन आज काठमाडौंमा पशुपतिनाथ लगायतका देवालय र ललिपुरको कुम्भेश्वर लगायतका मन्दिरमा भक्तजनको भीड रहेको छ ।
पूर्णिमाका दिन बिहानैदेखि वैदिक सत्य सनातन धर्मावलम्वीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् ।
तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्त्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।