arrow

चार संसदीय समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १७ आइतबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौं । आज चार वटा संसदीय समितिको बैठक बस्दै छ । आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति,  कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति र दिगो विकास तथा सुशासन समिति बैठक बस्दै छ । 

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक  बिहान ११ : ०० बजे समितिको सभाकक्षमा बस्दै छ । समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट भइरहेका कामकारबाहीका सम्बन्धमा मन्त्रालयसँग ब्रिफिङ लिनेछ ।

कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बिहान साढे ११ बजे बस्दै छ । बैठकमा समितिको हालसम्मको कार्य प्रगति, निर्णय तथा निर्देशन र समितिमा छलफल गर्नुपर्ने विभिन्न महत्त्वपूर्ण विषयहरूको प्रस्तुति र छलफल हुनेछ । 

त्यस्तै महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे बस्दै छ बैठकमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको प्रस्तुति र हुनेछ 

११ बजे नै बस्ने दिगो विकास तथा सुशासन समितिको बैठकमा दिगो विकास लक्ष्य नम्बर ५ अन्तर्गत लैङ्गिक समानता तथा सामाजिक न्याय सम्बन्धमा छलफल हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ