कोशी सरकार विरुद्धको रिट अब पूर्ण इजलासमा सुनुवाइ हुने
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १७ आइतबार
1.1k
Shares
तस्बिर : फाइल
काठमाडौँ। कोशी प्रदेश सरकारविरुद्ध दायर रिटमाथि सर्वोच्च अदालतको पूर्ण इजलासमा निरन्तर सुनुवाइ हुने भएको छ। आइतबार सर्वोच्च अदालतका न्यायाधीश द्वय सपना प्रधान मल्ल र सुष्मलता माथेमाको इजलासले कोसी प्रदेश सरकारविरुद्ध रिट ‘फुल बेन्च’मा पठाउने निर्णय गरेको हो। रिट नियमित सुनुवाइ हुने गरी पूर्ण इजलासमा पठाइएको हो।
कोसी प्रदेशसभामा विश्वासको मत लिने क्रममा मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रूपमा सभामुखको भूमिकामा रहेकाबाट पनि मत लिएकाले बदरको माग गर्दै एमालेका हिक्मत कार्कीले सर्वोच्च अदालतमा रिट दिएका हुन्।