arrow

दुर्लभ जातको अंजिगर फेला, नियन्त्रणमा लिँदा वन रक्षक घाइते 

logo
रबिन्द्र यादव, 
प्रकाशित २०८० भदौ १७ आइतबार
snake-2080-05-17.jpg

पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको श्रीरामपुर टोलमा दुर्लभ जातको अजिङ्गर सर्प फेला परेको छ । प्रतापपुर गाउँपालिका वडा नं ५ श्रीरामपुरस्थित हरिजन टोलमा अंजिगर सर्प फेला परेको हो ।  

जिउत चमारले आफ्ना घर पछाडि राखेको उखुको पातमा आइतबार ठूलो आकारको अजिङ्गर सर्प फेला परेका हुन् । करिब १० फिट लम्बाइ भएको उक्त अजिङ्गरलाई स्थानीयवासीको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको बसहिया प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक जनार्दन यादवले जानकारी दिए ।

सो अजिङ्गर सर्पलाई सुस्ता–प्रतापपुर गाउँपालिका सब डिभिजन वन कार्यालय फेचुवा (बरवा) मा बुझाइएको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनीका सशस्त्र प्रहरी निरीक्षक सन्तोष सापकोटाले जानकारी दिए । 

सुस्ता–प्रतापपुर गाउँपालिका सब डिभिजन बन कार्यालय फेचुवाबाट आएको टोलीले उक्त सर्पलाई नियन्त्रणमा लिन खोज्दा वन रक्षक रामप्यारे कोइरीलाई  दाहिने हातमा टोकेर घाइते बनाएको प्रहरीले जनाएको छ । 

घाइते वन रक्षक कर्मचारी कोइरीलाई उपचारका लागि त्रिवेणी स्थित सर्पदंश उपचार केन्द्रमा पठाइएको प्रहरीले जनाएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ