arrow

तीन समितिको बैठक बस्दै,विद्युतीय व्यापार विधेयक माथि छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १८ सोमबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौं । आज तीन संसदीय समितिको बैठक बस्दै छ । आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । 

पर्यटन समितिको बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ । आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट भइरहेका कामकारबाहीका सम्बन्धमा मन्त्रालयसँग ब्रिफिङ लिने कार्यसूची रहेको छ ।

त्यस्तै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ । बैठकमा समितिका नवनिर्वाचित माननीय सभापतिलाई बधाई एव शुभकामना दिने । अत्यावश्यक वस्तुहरू खाद्य पदार्थ (चामल, नुन, चिनी, तरकारी लगायत)र पेट्रोलियम पदार्थ एवं खाना पकाउने ग्यासको आपूर्ति, विक्री र हालको मौज्दातको अवस्थाका बारेमा माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीसँग छलफल गर्नेछ । 

साथै विधायन व्यवस्थापन समितिको बैठक १ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ । बैठकमा विद्युतीय व्यापार विधेयक,२०८० माथि दफावार छलफल हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ