arrow
ADVERTISEMENT

भारतविरुद्ध आसिफले जोडे अर्धशतक 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १८ सोमबार
aasif-sheikh-always.jpg

काठमाडौँ । एसिया कप क्रिकेट अन्तर्गत भारत विरुद्धको खेलमा आसिफ शेखले अर्धशतक बनाएका छन् । श्रीलंकाको पेल्लेकेले मैदानमा भएको खेलमा आसिफले ८८ बलमा अर्धशतक पूरा गरेका हुन् । 

आसिफले एक दिवसीयमा दशौँ  अर्धशतक पूरा गरेका हुन् । उनी नेपालकै एक दिवसीयमा सर्वाधिक अर्धशतक बनाउने खेलाडी हुन् ।

आसिफ र कुशल भुर्तेलबीच पहिलो विकेटका लागि सर्वाधिक ६५ रनको साझेदारी भएको थियो । तर त्यसपछि भने लगातार विकेट ढलेको छ । 

कुशलले २५ बलमा ३८ रन बनाए । जसमा २ छक्का र ३ चौका सामेल थियो । 

भीम सार्कीले १७ बलमा ७ रन बनाए । 

कप्तान रोहित पौडेलले ८ बलमा ५ रन बनाए । 

कुशल मल्लले ५ बलमा २ रन बनाए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ