arrow
ADVERTISEMENT

कोहलीले एक रनमा छाडेको आसिफको क्याच ५८ रनमा पुगेर लिए

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १८ सोमबार
aasif-sheikh-always.jpg

काठमाडौँ । एसिया कप क्रिकेट अन्तर्गत भारत विरुद्धको खेलमा आसिफ शेखले अर्धशतक बनाएका छन् । श्रीलंकाको पल्लेकेले मैदानमा भएको खेलमा आसिफ संयमित ब्याटिङ गर्दै ९७ बलमा ५८ रन बनाएर आउट भएका छन् ।

उनलाई विराट कोहलीले क्याच आउट गरेका छन् । कोहलीले नै आसिफ १ रनमा छँदा क्याच ड्रप गरेका थिए । 

आसिफ र कुशल भुर्तेलबीच पहिलो विकेटका लागि सर्वाधिक ६५ रनको साझेदारी भएको थियो । तर त्यसपछि भने लगातार विकेट ढलेको छ । 

२९.५ ओभरमा नेपालले ५ विकेट गुमाएर १३३ रन बनाएको थियो । 

कुशलले २५ बलमा ३८ रन बनाए । जसमा २ छक्का र ३ चौका सामेल थियो । 

भीम सार्कीले १७ बलमा ७ रन बनाए । 

कप्तान रोहित पौडेलले ८ बलमा ५ रन बनाए । 

कुशल मल्लले ५ बलमा २ रन बनाए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ