arrow
ADVERTISEMENT

भारतविरुद्ध सोमपालले बनाए ४८ रन 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १८ सोमबार
sompal-kami-2023-09-04.jpg

काठमाडौँ । एसिया कप क्रिकेट अन्तर्गत भारत विरुद्धको खेलमा सोमपाल कामीले ४८ रन बनाएका छन् । अर्धशतक नजिक पुगेर उनी ५६ बलमात्र खेलेर २ छक्का र १ चौकाको मद्धतले ४८ रन बनाएका हुन् । 

श्रीलंकाको पल्लेकेले मैदानमा भएको खेलमा नेपालका लागि सबैभन्दा बढी रन भने आसिफ शेखले ५८ रन बनाए । सोमपालको दोस्रो ठूलो रन हो । 

त्यस्तै दिपेन्द्र सिंह ऐरीले २९ रन बनाएका छन् । उनले २५ बलमा ३ चौकाको मद्धतले २९ रन जोडेका हुन् । 

यसअघि गुल्सन झा २३ रन बनाएर आउट भए । गुल्सनले ३५ बलमा ३ चौकाको मद्धतले २३ रन बनाएर आउट भएका हुन् । 
आसिफ शेखले संयमित ब्याटिङ गर्दै ९७ बलमा ५८ रन बनाएर आउट भए ।

उनलाई विराट कोहलीले क्याच आउट गरे । कोहलीले नै आसिफ १ रनमा छँदा क्याच ड्रप गरेका थिए । 

आसिफ र कुशल भुर्तेलबीच पहिलो विकेटका लागि सर्वाधिक ६५ रनको साझेदारी भएको थियो । तर त्यसपछि भने लगातार विकेट ढलेको छ । 

कुशलले २५ बलमा ३८ रन बनाए । जसमा २ छक्का र ३ चौका सामेल थियो । 

भीम सार्कीले १७ बलमा ७ रन बनाए । 

कप्तान रोहित पौडेलले ८ बलमा ५ रन बनाए । 

कुशल मल्लले ५ बलमा २ रन बनाए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ