arrow
ADVERTISEMENT

एसिया कप क्रिकेट

फेरि रोकियो वर्षाले नेपाल–भारत भिडन्त 

भारत २३१ रनको चुनौती पछ्याउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १८ सोमबार
pallekele-ground-2023-raining.jpg

काठमाडौँ । एसिया कप क्रिकेट अन्तर्गत नेपाल र भारतबीचको खेलमा फेरि वर्षा वाधक बनेको छ । २३१ रनको चुनौती लिएर भारत मैदानमा उत्रिएकामा भारतले २.१ ओभर खेल्दा कुनै विकेट नगुमाइ १७ रन जोड्दा वर्षाले खेल रोकिएको हो । शुबमन गिलले ६ बलमा १२ तथा रोहित शर्मा ७ बलमा ४ रन बनाएर अविजित रहेका छन् । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले सम्मानजनक योगफल बनाएको छ । श्रीलंकाको पल्लेकेले मैदानमा भएको खेलमा नेपालले ४८.२ ओभर क्रिजमा रहेर २३० रन बनायो । 

नेपालका लागि सबै खेलाडीले खुलेर खेलेका थिए । तर खराव फिल्डिङ गरेको भारतका खेलाडीहरु भने निकै तनावमा रहे । 

नेपालका लागि आसिफ शेखले सर्वाधिक ५८ रन बनाए । उनले ८ चौकाको मद्धतले ९७ बलमा ५८ रन जोडेका हुन् ।

शेख र ओपनर कुशल भुर्तेलबीच पहिलो विकेटका लागि ६५ रनको साझेदारी हुने क्रममा कुशलले २५ बलमा ३८ रन बनाएका थिए । 

सोमपाल कामीले ४८ रन बनाए । अर्धशतक नजिक पुगेर उनी ५६ बलमात्र खेलेर २ छक्का र १ चौकाको मद्धतले ४८ रन बनाएका हुन् । 

त्यस्तै दिपेन्द्र सिंह ऐरीले २९ रन बनाए । उनले २५ बलमा ३ चौकाको मद्धतले २९ रन जोडेका हुन् । 

गुल्सन झा २३ रन बनाएर आउट भए । गुल्सनले ३५ बलमा ३ चौकाको मद्धतले २३ रन बनाएर आउट भएका हुन् । 

आसिफ शेखले संयमित ब्याटिङ गर्दै ९७ बलमा ५८ रन बनाएर आउट भए । उनलाई विराट कोहलीले क्याच आउट गरे । कोहलीले नै आसिफ १ रनमा छँदा क्याच ड्रप गरेका थिए । भारतले तीन क्याच छाडेको थियो । 

सन्दीप लामिछानेले १७ बलमा ९ रन बनाए । भीम सार्कीले १७ बलमा ७ रन बनाए । कप्तान रोहित पौडेलले ८ बलमा ५ रन बनाए । कुशल मल्लले ५ बलमा २ रन बनाए । करण केसीले २ बलमा अविजित रहँदै २ रन बनाए र ललित राजबंशीले खाता खोल्न पाएनन् । 

भारतका लागि रविन्द्र जडेजा र मोहम्मद सिराजले समान ३–३ विकेट लिए । मोहम्मद शमी, हार्दिक पाण्डेया र शार्दुल ठाकुरले १–१ विकेट लिए । कुलदीप यादव भने विकेटविहीन रहे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ