- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । एसिया कप क्रिकेटमा नेपाल भारतसँग पराजित भएको छ । वर्षाले प्रभावित खेलमा नेपाल १० विकेटले पराजित भएको हो ।
श्रीलंकाको पल्लेकेलेमा भएको खेलमा भारतले २३१ रनको चुनौती पछ्याउने क्रममा २.१ ओभर खेल्दा कुनै विकेट नगुमाइ १७ रन बनाउँदा वर्षाले खेल करिब दुई घण्टा रोकिएको थियो ।
त्यसपछि डक वर्थ लेविस नियमअनुसार ओभर घटाएर २३ मा झारियो । भारतले पाएको नयाँ चुनौतीअनुसार १४५ रन बनाउनु पर्ने थियो ।
जसअनुसार भारतले २०.१ ओभरमा कुनै विकेट नगुमाइ विजयी हासिल गर्यो । कप्तान रोहित शर्माले ५९ बलमा ७४ तथा शुबमन गिलले ६२ बलमा ६७ रन बनाए ।
नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछाने सबैभन्दा महँगा सावित भए । सोमपालले २ ओभरमा २३ रन दिए । सन्दीपले ४ ओभरमा ३९ रन दिए ।
त्यस्तै ललित राजवंशीले भने ४ ओभरमा मात्र २४ रन दिए । त्यस्तै करण केसीले ४ ओभरमा २६ रन दिए । दिपेन्द्र सिंह ऐरीले २ ओभरमा १२ रन दिए ।
सबैभन्दा कसिलो बलिङ कुशल मल्लले गरे । उनले ३ ओभरमा ११ रन दिए । गुल्सन झाले १.१ ओभरमा ११ रन दिए ।
नेपालको इनिङ्स
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले सम्मानजनक योगफल बनाएको छ । श्रीलंकाको पल्लेकेले मैदानमा भएको खेलमा नेपालले ४८.२ ओभर क्रिजमा रहेर २३० रन बनायो ।
नेपालका लागि सबै खेलाडीले खुलेर खेलेका थिए । तर खराव फिल्डिङ गरेको भारतका खेलाडीहरु भने निकै तनावमा रहे ।
नेपालका लागि आसिफ शेखले सर्वाधिक ५८ रन बनाए । उनले ८ चौकाको मद्धतले ९७ बलमा ५८ रन जोडेका हुन् ।
शेख र ओपनर कुशल भुर्तेलबीच पहिलो विकेटका लागि ६५ रनको साझेदारी हुने क्रममा कुशलले २५ बलमा ३८ रन बनाएका थिए ।
सोमपाल कामीले ४८ रन बनाए । अर्धशतक नजिक पुगेर उनी ५६ बलमात्र खेलेर २ छक्का र १ चौकाको मद्धतले ४८ रन बनाएका हुन् ।
त्यस्तै दिपेन्द्र सिंह ऐरीले २९ रन बनाए । उनले २५ बलमा ३ चौकाको मद्धतले २९ रन जोडेका हुन् ।
गुल्सन झा २३ रन बनाएर आउट भए । गुल्सनले ३५ बलमा ३ चौकाको मद्धतले २३ रन बनाएर आउट भएका हुन् ।
आसिफ शेखले संयमित ब्याटिङ गर्दै ९७ बलमा ५८ रन बनाएर आउट भए । उनलाई विराट कोहलीले क्याच आउट गरे । कोहलीले नै आसिफ १ रनमा छँदा क्याच ड्रप गरेका थिए । भारतले तीन क्याच छाडेको थियो ।
सन्दीप लामिछानेले १७ बलमा ९ रन बनाए । भीम सार्कीले १७ बलमा ७ रन बनाए । कप्तान रोहित पौडेलले ८ बलमा ५ रन बनाए । कुशल मल्लले ५ बलमा २ रन बनाए । करण केसीले २ बलमा अविजित रहँदै २ रन बनाए र ललित राजबंशीले खाता खोल्न पाएनन् ।
भारतका लागि रविन्द्र जडेजा र मोहम्मद सिराजले समान ३–३ विकेट लिए । मोहम्मद शमी, हार्दिक पाण्डेया र शार्दुल ठाकुरले १–१ विकेट लिए । कुलदीप यादव भने विकेटविहीन रहे ।