arrow

एकैदिन छ समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १९ मंगलबार
samiti-savapati.jpg

काठमाडौं । आज एकै दिन ६ संसदीय समितिको बैठक बस्दै छ । आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकार समिति, राज्य व्यवस्था तथा सुशासन समिति, सार्वजनिक लेखा समिति, विधायन व्यवस्थापन समिति र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बस्दै छ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान ११ बजे शुरु हुनेछ । बैठकमा समितिका नवनिर्वाचित सभापतिलाई बधाई एवं शुभकामना दिने, अत्यावश्यक वस्तुहरू खाद्य पदार्थ (चामल, नुन, चिनी, तरकारी लगायत) र पेट्रोलियम पदार्थ एवं खाना पकाउने ग्यासको आपूर्ति, बिक्री र हालको मौज्दातको अवस्थाका बारेमा माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीसँग छलफल गर्ने कार्यसूची रहेको छ । 

कानून, न्याय तथा मानव अधिकार समितिको बैठक दिउँसो १ बजे बस्दै छ । बैठकमा समितिको समसामयिक विषय र भावी कार्य योजनाको सम्बन्धमा छलफल हुनुका साथै बेपत्ता पारिएको व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गरी समिति समक्ष प्रतिवेदन पेश गर्न गठित उपसमितिको कार्य प्रगति सम्बन्धमा छलफल हुने र सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा छलफल हुनेछ । 

त्यस्तै दिउँसो २ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नवनिर्वाचित समिति सभापतिलाई बधाई तथा शुभकामना दिनेछ । 

त्यस्तै सार्वजनिक लेखा समितिको बैठक बिहान ११ बजे बस्दै छ । 

विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्दै छ । बैठकमा विद्युतीय व्यापार विधेयक,२०८० माथि दफावार छलफल हुनेछ । 

त्यस्तै १ बजे बस्ने प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा उपसमितिबाट पेश भएका प्रस्ताव सम्बन्धी, प्रदेशस्तरीय कार्यक्रम सम्बन्धी (सुदूरपश्चिम), समितिको वार्षिक प्रतिवेदन तयारी सम्बन्धी छलफल हुनेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ