arrow

सूचना प्रविधि, सुशासन र विधायन व्यवस्थापन समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २२ शुक्रबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, दिगो विकास तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । 

 शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान साढे १० बजे बस्दै छ ।  बैठकमा चिकित्सा शिक्षाको गुणस्तर र सम्बन्धनका विषयमा समितिमा आएका उजुरीका सम्बन्धमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्सँग छलफल हुनेछ । 

 दिगो विकास तथा सुशासन समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा  दिगो विकास लक्ष्य नं ५ अन्तर्गत लैङ्गिक समानता तथा सामाजिक न्याय सम्बन्धमा अन्तर पार्टी महिला सञ्जालसँग छलफल हुनेछ ।

 त्यस्तै मध्यान्ह १२ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा विद्युतीय व्यापार विधेयक,२०८० माथि दफावार छलफल हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ