arrow

जोकोभिचले जिते कीर्तिमानी २४ औँ ग्रान्डस्लाम 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २५ सोमबार
novac-djokovic-2023-usopen.jpg

न्यूयोर्क । सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिचले यूएस ओपनको उपाधि जितेका छन् । फाइनलमा डानियल मेदभेदेवलाई हराउँदै जोकोभिचले उपाधि जितेका हुन् । 

यो जोकोभिचको २४ औँ पुरुष एकल ग्रान्डस्लाम उपाधि हो । फाइनलमा जोकोभिचले ड्यानिल मेदभेदेवलाई ६–३, ७–६ र ६–३ ले हराए । 

जोकोभिचको यो चौथो यूएस ओपन उपाधि हो ।  

दुई वर्षअघि यूएस ओपन २०२१ को फाइनल खेल पनि ड्यानिल मेदभेदेव र नोभाक जोकोभिचबीच भएको थियो । जसमा जोकोभिच मेदभेदेवसँग पराजित भएका थिए । 

जोकोभिचले यूएस ओपन २०२३ मार्फत आफ्नो ३६ औं ग्रान्ड स्लाम फाइनल खेलेका थिए। जोकोभिचले ३६ मध्ये २४ पटक उपाधि जितेका छन् । 

उनले १० पटक अष्ट्रेलियन ओपन, सात पटक विम्बल्डन, तीन पटक फ्रेन्च ओपन र ४ पटक युएस ओपन जितेका छन् । 

योसँगै जोकोभिचले मार्गरेट कोर्टको ५० वर्ष पुरानो २४ औँ ग्रास्डस्लाम उपाधि जित्ने कीर्तिमानी बराबरी गर्न सफल भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ