arrow

वुलिङ एयर ईभी कार किन्न प्रभु बैंकले ८० प्रतिशतसम्म कर्जा दिने

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २६ मंगलबार
prabhu-ev-2080-05-26.jpg

काठमाडौँ । नेपाली बजारमा वुलिङ एयर ईभी बिक्री–वितरण गरिरहेको बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई सुविधा उपलब्ध गराउन प्रभु बैंकसँग सहकार्यको घोषणा गरेको छ । 

यस सम्बन्धी सम्झौता पत्रमा ईभी नेपाल मोटर्सका तर्फबाट एजीएम नवराज कोइराला  र प्रभु बैंकका तर्फबाट  सीबीओ रेनुप्रसाद पान्डे ले हस्ताक्षर गरेका छन् । 

सम्झौता अनुसार वुलिङ एयर ईभी किन्न चाहने ग्राहकलाई प्रभु बैंकले गाडीको मूल्यको ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने छ । 

२०० र ३०० किलोमिटर रेन्ज दिने दुई भेरिएन्टमा वुलिङ एयर ईभी उपलब्ध छ । यसको मूल्य क्रमशः २० लाख ९९ हजार र ३० लाख ९९ हजार रुपैयाँ छ ।  

वुलिङ ईभीले इन्डोनेसियामा एसएआईसी र जीएमसँगको ज्वाइन्ट भेन्चरमा विभिन्न सवारी साधन उत्पादन गर्ने गरेको छ । वुलिङ एयर ईभी चाहिं इन्डोनेसिया लगायत विश्वमा नै लोकप्रिय रहेको इलेक्ट्रिक कार हो ।

ग्लोबल स्मार्ट इलेक्ट्रिक भेइकल जीएसईभी  प्लेटफर्ममा वुलिङ एयर ईभी बनेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ