arrow

सुन काण्डमा गृहमन्त्रीलाई रविको प्रश्न - पार्टी भित्रको दबाब तपाईँले थेग्न नसक्नुभएको हो ? [भिडियो]

सत्तारुढ दलका नेताहरूमाथि गहिरोसँग अनुसन्धान नै भएन

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ७ आइतबार
ravi-lamichanne.jpg

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन तस्करी प्रकरणमा पार्टी भित्रको दबाब थेग्न नसक्नुभएको हो भनी गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रश्न गरेका छन् । आइतबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति लामिछानेले सुन तस्करी प्रकरणमा सत्तारुढ दलका मानिसहरूमाथि गहिरो अनुसन्धान नभएको भन्दै गृहमन्त्रीलाई प्रश्न गरेका हुन् । 

उनले भने,' प्रहरी केही गर्न चाहन्छ, राजनीतिक हस्तक्षेप भयो, के भयो कुन्नि मिडिया ट्रायल गरेर सूचना लिक गर्ने बाध्यतामा पुगेको छ । त्यो कन्फिडेन्स गृहमन्त्रीज्यूले प्रहरीलाई दिन नसक्नुभएको हो कि ? अथवा पार्टी भित्रको दबाब तपाईँले थेग्न नसक्नुभएको हो ? यो स्पष्ट पार्नुपर्‍यो ।'


उनले अनुसन्धानले सुन पानी छर्किने काम भएको बताए । उनले भने,' अनुसन्धानले सुन पानी छर्किने काम भएको महसुस भएको छ । जति पनि सत्तारुढ दलका मानिसहरूको नाम आएको छ, ती नामहरूमा गहिरोसँग अनुसन्धान नै भएन ।' 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ