arrow

आफ्ना माग पुरा नभए सेवा ठप्प पार्ने स्थानीय तहका कर्मचारीको चेतावनी

logo
 नृपेन्द्र बहादुर मल्ल,
प्रकाशित २०८० असोज ८ सोमबार
karmachari-mugu.JPG

मुगु । निजामती सेवा ऐनको मस्यौदामा स्थानीय तहमा कार्यरत कर्मचारीलाई बेवास्ता गरेको भन्दै कर्मचारीले सबै खाले सेवा ठप्प पार्ने चेतावनी दिएका छन् ।

मुगुका चार स्थानियतहका सबै कर्मचारीले १८ बुँदे माग राख्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा आफ्ना माग पुरा नभए सबै खाले सेवा ठप्प पार्ने चेतावनी सहित ज्ञापन पत्र बुझाएका हुन ।

आइतबार जिल्ला प्रशासन कार्यालयमा पुगेको स्थानीय तह कार्यरत कर्मचारीहरूको सङ्घर्ष समिति सहित चारै स्थानियतहका कर्मचारीले निजामती सेवा ऐनको मस्यौदा स्थानीय तहमा कार्यरत सबै खाले कर्मचारीको हकमा नभएको भन्दै ज्ञापन पत्र बुझाएका छन् । 

ज्ञापन पत्र बुझाउँदै संर्घष समितिका संयोजक ईश्वरबहादुर सिंहले विभिन्न किसिमका १८ बुँदे माग सहित ज्ञापन पत्र बुझाएको र आफ्ना माग असोज १० गते सम्म पुरा नभए विभिन्न चरणका र किसिमका आन्दोलनका कार्यक्रम सुरुवात गरि सबै सेवा ठप्प पार्ने चेतावनी दिए।

सङ्घीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गरिनु पर्ने सङ्घ प्रदेश र स्थानीय सेवामा पदमा बहाल रहेका स्थायी कर्मचारीलाई निजामती कर्मचारीको परिभाषा भित्र समाहित गरिँदै सबै तहका कर्मचारीहरूको वैयक्तिक विवरण (सिटोरल) एउटै निकायमा दर्ता हुने व्यवस्था ऐनमा सुनिश्चित गरिनु पर्ने माग सहित १८ वटा विषय उक्त ज्ञापन पत्रमा समेटिएको छ ।

देश भरका ७ सय ५३ स्थानीय तहमा कार्यरत कर्मचारीहरूको माग पुरा नभए असोज १० गतेबाट हातमा कालो पट्टि बाँध्ने ,१३ गते प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयमा ज्ञापन पत्र बुझाउने, उक्त ज्ञापन पत्रमा समेटिएका मागलाई सम्बोधन नभए असोज १४ गतेबाट सम्पूर्ण सेवा अनिश्चित कालका लागी ठप्प पार्ने चेतावनी सरकारलाई दिएको स्थानियतहका कर्मचारीहरूले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ