arrow

आगलागी पीडितलाई मलम लगाउन मुगु पुगे मुख्यमन्त्री शर्मा

logo
नृपेन्द्र बहादुर मल्ल,
प्रकाशित २०८० असोज ८ सोमबार
mugu-surur-chif.jpg

मुगु । मुगु आगलागीका पीडित परिवारलाई सान्त्वना र राहत दिन कणाली प्रदेशका मुख्यमन्त्री सोमबार मुगु पुगेका छन् । कणाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मा सहित भौतिक पूर्वाधार,यातायात तथा शहरी विकास मन्त्री मङ्गल बहादुर शाही,कानुनमन्त्री कृष्ण जिसीको टोली आगलागी क्षेत्रको स्थलगत निरीक्षण र पीडित परिवारलाई प्रदेश सरकारबाट राहत उपलब्ध गराउन मुगु पुगेका हुन् ।

मुख्यमन्त्री शर्मा आगलागी क्षेत्रमा पुगेर पीडित परिवारसँग कुराकानी र समस्या बारे बुझेका थिए । मुख्यमन्त्रीसँग पीडित परिवारले जलेका घरहरूको पुनर्निर्माण,विस्थापित व्यापारीहरूलाई उचित राहतको व्यवस्था गरेर पुनर्स्थापना र तत्काल बस्न र खानको व्यवस्था मिलाइदिन माग गरेका थिए । आगलागी पीडित पदमराज मल्लले मुख्यमन्त्रीलाई स्थलगत क्षेत्रमा घटना र क्षतिको बारे विस्तृत जानकारी गराउँदै घटना स्थल मै मुख्यमन्त्री पुग्दा आफूहरूले अविभावन पुगेको महसुस गरेको बताए । 

अर्का आगलागी पीडित लक्ष्मी मल्लले आफ्नो होटेल जलेर पुरै खरानी भएको र लगाउने लुगासम्म पनि केही बचाउन नपाएको र आफू शून्यमा झरेको,उचित बास गाँस र व्यवसाय शुरु गर्न केही राहतको अपेक्षा कणाली सरकारबाट आफूहरूले गरेको मुख्यमन्त्री शर्माको सामुन्ने आशु झर्दै सुनाइन् ।

आगलागी क्षेत्रको स्थलगत निरीक्षण पछि मुख्यमन्त्री शर्माले जिल्ला प्रशासन कार्यालय मुगुमा पीडित परिवारहरूलाई खाद्यान्न लयागतका राहत सामग्रीहरू वितरण गरेका थिए । । राहत वितरण गदै उनले थप आवश्यक राहत सामान देखि जलेका घर र व्यवसाय पुर्न निर्माण ,पुन स्थापनाका लागी कणाली प्रदेश सरकारबाट उचित निर्णय लिने आश्वासन दिएका थिए।

आगलागी पीडित २३ घर परिवारलाई मुख्यमन्त्री शर्माले चामल, दाल, म्याट, पाल, सिलिण्डर, चुलो, कुकर, थाली लागायताका दैनिक उपभोग्य र भान्साका सामानहरू वितरण गरेका थिए ।
 
प्रदेश सरकारले प्रति घर ३ लाख दिने निर्णय गरिसकेकाले जिल्ला प्रशासन कार्यालय मार्फत उक्त रकम पुर्न निमार्णका लागी पीडित परिवारलाई प्रदेश सरकारले पठाउने पनि मुख्यमन्त्री शर्माले जानकारी गराए ।

मुख्यमन्त्री सहितको टोली हेलिकप्टर मार्फत मुगु पुगेका हुन् । गत शुक्रबार राती १२ बजे मुगु जिल्ला सदरमुकाम गमगढीमा आगलागी हुँदा कालिका मालिका मन्दिरको उत्तर दिशा तिर रहेका ८ घर पूर्ण रूपमा ३ घर आंशिक र ९ व्यवसायीक पसल जलेर खरानी भएका थिए भने २८ परिवारका ९५ जना सदस्य प्रभावित भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ