arrow

एसियाडमा चीन पहिलो, भारत छैटौँ स्थानमा : यी हुन् पदक जित्ने १० राष्ट्र

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ९ मंगलबार
China_Asian_Games_Swimming.jpg

काठमाडौं । चीनको हाङ्जाउमा एसियाली खेलकुद जारी छ । मङ्गलवार बिहानसम्म आयोजक राष्ट्र चीनले पहिलो नम्बरमा रहेको छ । उसले आफ्नो वर्चस्व कायम राखेको छ । हालसम्म ६९ वटा पदक जितेर चीनले आफ्नो अपराजित यात्रालाई जारी राखेको छ । 

पछिल्लो पदक तालिकाअनुसार चीनले पौडीमा ९, साइक्लिङमा २, जिम्न्यास्टिकमा १, रोइङमा ११, मोडर्न पेन्टल्थुनमा २, सुटिङमा ५, उसुमा ३ र स्केट बुर्डिङ लगायतमा ३९ स्वर्ण २१ रजत र ९ कास्य पदकसहित ६९ वटा पदक हात पारेको छ । 

पदक तालिकामा दोस्रो स्थानमा रहेको कोरियाले १० स्वर्ण, १० रजत र १३ वटा कास्य पदक जितेको छ भने दक्षिण कोरियालाई पछ्याउँदै जापानले ५ स्वर्ण, १४ रजत र १२ वटा कास्य पदकमा आफ्नो कब्जा जमाएर तेस्रो स्थान सुरक्षित गरेको छ । 

उज्वेकिस्तानले ४ स्वर्ण, चार रजत र ६ कास्यमा चित्त बुझाएको छ । हङकङ ३ स्वर्ण, ४ रजत र ७ कास्यसहित पदक तालिकामा पाँचौँ स्थानमा रहेको छ । 

सुटिङ र क्रिकेटमा २ स्वर्ण पदक हासिल गरेको भारतले ३ वटा रजत र ६ वटा कास्य पदक प्राप्त गरेर छैटौँ स्थानमा आफूलाई समेटेको छ ।

चाइनिज ताइपेले २ स्वर्ण, १ रजत र ३ कास्यका साथ सातौँ स्थानमा छ । १ स्वर्ण, १ रजत र ४ कास्यका साथ इन्डोनेसिया आठौँ स्थानमा छ । त्यस्तै १ स्वर्ण र २ कास्यका साथ थाइल्यान्ड नवौँ र १ स्वर्ण १ कास्यका साथ मकाउ चाइना दसौँ स्थानमा छ । 

नेपालले भने अहिलेसम्म कुनै पनि पदक जित्न सकेको छैन । खेलमा सहभागिता मात्र जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ