arrow

एसियाली खेलकुद

थाइल्यान्डलाई पछि पार्दै भारत पाँचौँ स्थानमा, उत्तर कोरियाको दमदार 'इन्ट्री'

कुन देशले कति जिते पदक ?

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १२ शुक्रबार
sarabjeet-asiad.jpg

काठमाडौं । एसियाडमा शुक्रबार बिहानसम्म ६ सय ७ पदकको छिनोफानो भइसकेको छ ।

चीनको हाङ्जाउमा जारी एसियाली खेलकुदमा आयोजक चीनले मात्रै १६७ पदक जितेको छ । 

पछिल्लो पदक तालिकाअनुसार चीनले ९० स्वर्ण ५१ रजत र २६ कास्य पदकसहित १६७ वटा पदक हात पारेको छ ।

पदक तालिकामा दोस्रो स्थानमा रहेको दक्षिण कोरियाले २४ स्वर्ण, २३ रजत र ३९ वटा कास्य पदक जितेको छ । दक्षिण कोरियाले हालसम्म ८६ पदक जितेको छ। 

दक्षिण कोरियालाई पछ्याउँदै जापानले १८ स्वर्ण, ३० रजत र ३० वटा कास्य पदक जितेर कुल ७८ पदक पाएको छ । जापानले आफ्नो तेस्रो स्थान सुरक्षित गरेको छ । खेल सुरु देखि नै जापान तेस्रो स्थानमा रहँदै आएको थियो । 

उज्बेकिस्तानले ६ स्वर्ण, १० रजत र १५ कास्य गरि ३१ पदक हात पारेको छ । उज्बेकिस्तान सूचीको चौथो स्थानमा छ । 

यसअघि पाँचौँ स्थानमा रहेको थाइल्यान्डलाई पछि पार्दै भारत पाँचौँ स्थानमा आइपुगेको छ । ६ स्वर्ण पदक हासिल गरेको भारतले ८ वटा रजत र ११ वटा कास्य पदक प्राप्त गरेर पाँचौँ स्थानमा रहेको छ ।

एक स्थान खस्कँदै थाइल्यान्ड छैटौँ स्थानमा झरेको छ । ६ स्वर्ण, ३ रजत र ९ कास्य गरि १८ पदकसहित पदक तालिकामा छैटौँ स्थानमा रहेको छ । 

हङकङ ५ स्वर्ण, १२ रजत र १५ कास्यसहित पदक तालिकामा सातौँ स्थानमा रहेको छ । हङकङले कुल ३२ पदक जितेको छ । 

दसौँ स्थानमा रहेको चाइनिज ताइपे माथि उक्लिएर आठौँ स्थानमा आइपुगेको छ । ४ स्वर्ण, ४ रजत र ६ कास्यका साथ चाइनिज ताइपे आठौँ स्थानमा आइपुगेको हो ।

दशौं स्थान भन्दा बाहिर रहेको इरान नवौँ स्थानमा आइपुगेको छ । यसअघि २ स्वर्ण, ३ रजत र ४ कास्यका साथ सिंगापुर नवौँ स्थानमा थियो । इरान ३ स्वर्ण ९ रजत र १० कास्यसहित नवौँ स्थानमा छ । 

सूचीको दशौँ स्थानमा उत्तर कोरियाको दमदार इन्ट्री भएको छ । बुधवारसम्म स्वर्ण नजितिको उत्तर कोरिया बिहीबार सम्मा ३ स्वर्ण ५ रजत र ४ कास्य पदक हात पार्दै दशौँ स्थानमा आइपुगेको हो । उत्तर कोरियाले १२ पदक जितेको छ । 

यसपछि सूचीमा क्रमशः किर्गिस्तानले ३ स्वर्ण, २ रजत र १६ कास्य जितेको छ । इन्डोनेसियाले ३ स्वर्ण, ३ रजत र १० कास्य जितेको छ । सिंगापुरले २ स्वर्ण, ४ रजत र ४ कास्य हात पारेको छ । मलेसियाले २ स्वर्ण, २ रजत र ५ कास्य जितेको छ । 

भेतनाम, संयुक्त अरब इमिरेट्स, मकाउ चाइना, कतार, कुवेत, ताजकिस्तान, किर्गिस्तानले एक-एक स्वर्ण पदक पाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ