प्रचण्डको भ्रमण कूटनीतिक रूपमा सफल : रमेश लेखक [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८० असोज १४ आइतबार
1.2k
Shares
काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीको चीन भ्रमण कूटनीतिक रूपमा सफल भएको बताएका छन् ।
उनले दुई देशकाबीचमा थप विश्वासको वातावरण सिर्जना भएको बताएका छन् ।
उनले प्रधानमन्त्रीको चीन भ्रमण उत्साहजनक भएको टिप्पणी गरे । उनले चीन भ्रमणका क्रममा नेपालको राष्ट्रिय स्वाभिमानलाई जोगाउँदै सोही आधारमा छलफल हुन सकेको बताए
बैठकले समान स्तरमा विश्वासको वातावरण निर्माण गरेको भन्दै बैठक कूटनीतिक रूपमा सफल भएको बताए । उनले भने – ‘प्रधानमन्त्रीजी आफैँ पनि बोलिसक्नु भएको छ ।'