arrow

समस्यै समस्यामा परे धान किसान

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १६ मंगलबार
paddy.jpeg
तस्बिर-फाइल

चितवन । चितवनमा लगाइएको धानमा विभिन्न रोगको सङ्क्रमण देखिएका छन् । 

कृषि ज्ञान केन्द्र चितवनका सूचना अधिकारी सुरुचि त्रिपाठीका अनुसार पश्चिम चितवनमा लगाइएको धानमा ढुसी र गभारोको समस्या देखिएको हो । 

यस्तै पूर्वी चितवनमा फड्के किरा, मिलिबग, सित व्लाइट, नेक व्लाष्ट जस्ता रोग देखिएको उनले जानकारी दिए । 

उनका अनुसार कार्यालयमा दैनिक तीनदेखि चारजना धानमा लागेको समस्या लिएर आउने गरेका छन् । 

उनले भने, “धानमा लागेको समस्या लिएर आउनेको किसानको सङ्ख्या बढ्दो छ । पूर्वी चितवनमा फड्के किराको समस्या मुख्य देखिएको छ ।” 

कालिका र खैरहनी नगरपालिकामा लगाइएको धानमा विशेषगरी फड्के किराको समस्या देखिएको उनको भनाइ छ । 

यो किराले धानको गाँजमा बसेर धानको रस चुसी सुकाउने गर्दछ । 

जसका कारण पात जल्ने र गाँज परालजस्तो देखिने त्रिपाठीले बताए ।

रोग नियन्त्रणका लागि कृषिविज्ञ सँगको परार्शमा विषादीको प्रयोग गर्न उनले कृषकहरुलाई सुझाव दिए । 

जिल्लामा यस वर्ष २३ हजार ३४ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ