arrow

युद्धभूमिबाट सकुशल फर्केको खुशी [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २६ शुक्रबार
israel-returned-nepali-2080-06-26 (15).jpg

काठमाडौँ । युद्धभूमि इजरेलबाट २५४ जना नेपाली नागरिकलाई उद्धार गरी आज बिहान नेपाल ल्याइएको छ । उनीहरुलाई नेपाल एयरलाइन्सको वाइडबडी विमानबाट नेपाल ल्याइएको हो । उनीहरुलाई लिनका लागि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहित सरकारी अधिकारीहरु इजरेल गएका थिए । 

उद्धारपछि आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरा गर्दै परराष्ट्रमन्त्री साउदले इजरेलबाट नेपाल फर्कन चाहना राखेका पाँच सय तीन जनामध्ये दुई सय ५४ जनालाई नेपाल ल्याइएको र अन्यलाई पनि छिट्टै नेपाल ल्याइने जानकारी दिए । 

सकशल नेपाल फर्केपछि विद्यार्थीहरुले खुशी व्यक्त गरेका छन् । उनीहरुले सरकारलाई धन्यवाद दिएका छन् । त्यस्तै सकुसल फर्केकाका परिवारमा खुशी छाएको छ । 

“इजरेलको तेल अभिवस्थित नेपाली राजदूतावासले सुरक्षित स्थानमा स्थानान्तरण हुन तथा नेपाल फर्कन चाहने नेपालीहरुलाई अनलाइनमार्फत आफ्नो विवरण प्रविष्ट गर्न अनुरोध गरे बमोजिम आजसम्म पाँच सय ५७ जनाले आफ्नो विवरण उपलब्ध गराउनुभएको छ । जसमध्ये पाँच सय तीन जनाले नेपाल फर्कन अनुरोध गर्नुभएकोमा दुई सय ५४ जना आज हामीसँगै स्वदेश फर्कनुभएको छ ।”

इजरेलमाथि हमास समूहको आक्रमणमा परी सुदूरपश्चिम विश्वविद्यालयबाट इजरेल गएका १० जना नेपाली विद्यार्थीको निधन भएको र उनीहरुको शव नेपाल ल्याउनका लागि इजरेल सरकारसँग समन्वय भइरहेको मन्त्री साउदले जानकारी दिए ।

 “कानूनी प्रक्रिया पूरा गरी प्रत्येक शवको छुट्टाछुट्टै विवरण राख्नुपर्ने र हाल इजरेलमा शवको सङ्ख्या अत्यन्तै बढी भएकाले प्रक्रिया पूरा गरी शव हस्तान्तरणका लागि केही समय लाग्ने इजरेली पक्षले जनाएको छ । त्यसैले उनहरुको परिवार तथा आफन्तलाई केही समय धैर्यधारणा गर्न म अनुरोध गर्दछु”, उनले भने ।
 

israel-returned-nepali-2080-06-26 (1).jpg
israel-returned-nepali-2080-06-26 (2).jpg
israel-returned-nepali-2080-06-26 (3).jpg
israel-returned-nepali-2080-06-26 (4).jpg
israel-returned-nepali-2080-06-26 (5).jpg
israel-returned-nepali-2080-06-26 (6).jpg
israel-returned-nepali-2080-06-26 (7).jpg
israel-returned-nepali-2080-06-26 (8).jpg
israel-returned-nepali-2080-06-26 (9).jpg
israel-returned-nepali-2080-06-26 (10).jpg
israel-returned-nepali-2080-06-26 (11).jpg
israel-returned-nepali-2080-06-26 (12).jpg
israel-returned-nepali-2080-06-26 (13).jpg
israel-returned-nepali-2080-06-26 (14).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ