arrow

डीएसपीमाथि नै चक्कु प्रहार

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १० शुक्रबार
dsp-fuli.jpg

बाँके । इलाका प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुन्दर तिवारीमाथि चक्कु लागेर घाइते भएका छन् । 

कोहलपुर–२ दीपनगरका कुशल थापाले आफ्नै २० दिनको नवजात छोरालाई बन्धक बनाएर मार्ने धम्की दिने क्रममा उद्धारका लागि खटिएका डीएसपी तिवारीमाथि थापाले चक्कुको झटारो हानेका थिए । 

चक्कु लागेपछि डीएसपी तिवारी घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नारायण डाँगीले जानकारी दिए ।

प्रहरी प्रवक्ता डाँगीका अनुसार थापाले छोरालाई आफ्नै घरमा बन्धक बनाएर परिवारका अन्य सदस्यलाई बाहिर राखी भित्रबाट चुकुल लगाएर मार्ने धम्की दिएका थिए ।

 सो सूचना पाएपछि उद्धारका लागि गएको प्रहरी टोलीमाथि थापाले चक्कु प्रहार गर्दा डीएसपी तिवारीलाई लागेको थियो । चक्कुको झटारोबाट डीएसपी तिवारीको दाहिने हातको कुहिनामा चोट लागेको प्रहरी प्रवक्ता डाँगीले बताए । 

डीएसपी तिवारीले थापालाई झ्याल बाहिरबाट लामो समयसम्म सम्झाउने प्रयास गर्दा पनि नमानेपछि तिवारीमाथि नै चक्कु प्रहार गरेका थिए । 

त्यसपछि प्रहरी टोलीले ढोका फोडेर थापालाई नियन्त्रणमा लिएको थियो । गए राति करिब ११ बजेदेखि थापाले छोरालाई बन्धक बनाएर मार्ने धम्की दिँदै गर्दा परिवार र आफन्तले उद्धारका लागि प्रहरीलाई खबर गरेका थिए । 

परिवारको भनाइलाई उद्धृत गर्दै प्रहरी प्रवक्ता डाँगीले थापाको मानसिक सन्तुलन नभएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ