arrow

बाबु मार्ने छोरा पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १३ सोमबार
nepal-police12.jpg

सुदूरपश्चिम । बुवाको हत्या गरेको अभियोगमा कैलालीको जानकी गाउँपालिका–३ का २४ वर्षीय गणेश चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । 

शनिवार आफ्नै घरमा घरायसी विवादका क्रममा ढुङ्गा प्रहार गर्दा गणेशका बुवा ४५ वर्षीय हिरासिंह चौधरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । 

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक लोकराज अवस्थीले बताए ।

यसैगरी धानको भुस केलाउने क्रममा करेन्ट लागेर घाइते भएकी भजनी नगरपालिका-२ पल्टिपुर गाउँका १३ वर्षीया सुष्मा चौधरीको उपचारका क्रममा मृत्यु भएको छ । 

करेन्ट लागेर घाइते भएकी मृतककी आमा ४१ वर्षीया प्रेमी डगौराको भजनी स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । 

पङ्खाको सहायताले धानको भुस केलाउने क्रममा पङ्खाको तारबाट विद्युत् प्रवाह हुन गई दुवै जनालाई करेन्ट लागेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ