arrow

सहकर्मीलाई यौन दुर्व्यवहार गर्ने डीएसपी भट्टराई छ महिना निलम्बनमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १४ मंगलबार
bhimlal-bhattarai-dsp-abuse.jpg

काठमाडौँ । सहकर्मीलाई यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) भीमलाल भट्टराई निलम्बनमा परेका छन् । 

जिल्ला प्रहरी कार्यालय हुम्लाकी एक महिला प्रहरी कर्मचारीमाथि मादक पदार्थ सेवन गरेर यौन दुर्व्यवहार गरेको आरोपमा अनुसन्धान लागि डिएसपी भट्टराईलाई निलम्बन गरिएको हो । 

‘महिला प्रहरीलाई अभद्र व्यवहार गरेको उजुरी परेपछि उनी निलम्बनमा परेका हुन्’, प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुबेर कडायतले भने ।  

प्रवक्ता कडायतका अनुसार डिएसपी भट्टराई ६ महिनाका लागि निलम्बनमा परेका हुन् । 

हाल भट्टराईको ठाउँमा डीएसपी रवीन्द्र खनाललाई पठाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ