- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र नेपालका लागि अमेरिकी राजदूत अलाइना टेप्लिजबीच पौडेल निवास बोहोराटारमा भेटवार्ता भएको छ ।
नेता पौडेललाई भेट्न राजदूत टेप्लिज बोहोराटार पुगेकी हुन् । नेपाल अमेरिकाबीचको द्विपक्षीय हित र आपसी चासोका विषयमा उनीहरुबीच कुराकानी भएको थियो ।
कुराकानीका क्रममा वरिष्ठ नेता पौडेलले राजनीतिक दलको सहमतिमा संविधान कार्यान्वयन भइरहेको र संशोधनको प्रक्रिया समेत अगाडि बढेको राजदूत टेप्लिजलाई जानकारी थराएको नेता पौडेलले सुनाए ।
टेप्लिजको एक जिज्ञासामा पौडेलले दलहरुका बीचमा आपसी सहमति र सहकार्यमा विभिन्न तहका निर्वाचन सम्पन्न गर्न समेत लागिरहेको राजदूत बताए ।
राजदूत टेप्लिजले नेपालको आर्थिक, सामाजिक तथा पूर्वाधार विकासमा अमेरिकी सरकारले नेपाललाई निरन्तर रुपमा सहयोग उपलब्ध गराउँदै आएको र आगामी दिनमा थप सहयोग प्रदान गर्न इच्छुक रहेको अवगत गराइन् ।