arrow

शक्तिको आडमा बच्दै आएका एसपी खड्का प्रधान कार्यालयमा फिर्ता 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २२ बुधबार
bishworaj-khadka-sp-.jpg

काठमाडौँ । शक्तिको आडमा बच्दै आएका धनुषाका एसपी विश्वराज खड्कालाई गृह मन्त्रालयले फिर्ता बोलाएको छ । चरम विवादित एसपी खड्का शक्तिको आडमा धनुषामा बस्दै आएका थिए । तर आरती साहको काण्डमा उनी बच्न सकेनन् । 

गृह मन्त्रालयले उनलाई प्रहरी प्रधान कार्यालयल तानेर सो प्रकरणमा छानबिन गर्न निर्देशन दिएको छ । साथै उनलाई छोरीको न्याय माग्दै १५७ दिनदेखि आन्दोलनरत आफन्तलाई वार्तामा बोलाएको छ ।  

गृहले धनुषाका प्रहरी प्रमुख खड्कालाई फिर्ता बोलाएर साहका आफन्तलाई वार्तामा बोलाएको हो । 

आरतीका बुबा विनोदप्रसाद साहलाई सम्बोधन गर्दै वार्ताका लागि प्रतिनिधि पठाउन गृहले सोमबार पीडित पक्षलाई पत्राचार गरेको छ । गत जेठ ७ गते धनुषामा आरती आफ्नै घरमा मृत भेटिएकी थिइन् । 

दाइजोको नाउँमा आफ्नो छोरीको हत्या गरिएको र घटनाको अनुसन्धान कमजोर पारिएको भन्दै मृतक साहका माइतीपक्षले न्याय माग्दै लामो समयदेखि निरन्तर आन्दोलन गर्दै आएका थिए ।  

उनीहरूले धनुषा प्रहरी प्रमुख विश्वराज खड्काले घटनाको कमजोर अनुसन्धान गरेको र आफूहरूमाथि कुटपिट र दुर्व्यवहार गरेको भन्दै खड्कालाई जिम्मेवारीबाट नहटाएसम्म सरकारसँग वार्ता नगर्ने शर्त राखेका  थिए । 

खड्कालाई जिम्मेवारीबाट हटाएर प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाएको हो । खड्का २०७९ पुस १२ मा धनुषामा सरुवा भएका थिए । उनको विगत पनि प्रहरीभित्र सकारात्मक छैन । 

विगतमा उनी शक्ति केन्द्रको आडमा दरबारमार्ग वृत्तको जिम्मेवारी पाएका थिए । यसअघि महानगरीय प्रहरी वृत्त बालाजु र इलाका प्रहरी कार्यालय गजुरीमा रहँदा प्रहरी आचरण विपरीत काम गरको भन्दै खड्कालाई प्रहरी प्रधान कार्यालयले तानेको थियो । 

ललितपुर परिसरमा कार्यरत रहँदा एक लाख रुपैयाँ घुसकाण्डमा मुछिएपछि उनी कारबाहीमा परेका थिए । म्याग्दी जिल्ला प्रहरी प्रमुख र इलाका प्रहरी कार्यालय राजापुरको प्रमुख हुँदा पनि उनी विवादरहित हुन सकेनन् ।  

खड्का अर्को सुरक्षा निकाय राष्ट्रिय अनुसन्धान विभागबाट २५ पुस २०५८ मा जनपद प्रहरीमा आएका अधिकृत हुन् । कमजोर कार्य क्षमता हुँदाहुँदै पनि डीएसपी खड्कालाई दरबारमार्ग वृत्तको जिम्मेवारी दिएन उनलाई बढुवा गरेर पहिलो लटमै धनुषा पठाएको थियो । 

उनी धनुषाको कमाण्डमा पुगेपछि पटक पटक विवादमा आएका थिए । धनुषाको भ्रष्टाचारमा लिप्त शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुख युक्त प्रसाद शर्माको संरक्षणमा लागेको भन्दै एसपी खड्का विरुद्ध प्रहरी प्रधानकार्यालयमा त्यतिबेला नै उजुरी परेको थियो । 

त्यसलाई पनि उनले राजनीतिक शत्तिकै आडमा गुपचुप राख्न सफल भएका थिए । गत असारमा आरती साहका आफन्तले सिंगो परिवारका सदस्यलाई बयानको लागि बोलाएर यातना दिएको दिएको भन्दै धनुषाका प्रहरी प्रमुख (एसपी) र डीएसपीसहितका प्रहरीहरु विरुद्ध किटानी जाहेरी परेको थियो । 

आफूहरुलाई प्रहरी कार्यालयमा कुटपिट तथा यातना दिएको भन्दै धनुषाको नगराइन नगरपालिका ८ खिरखिरियाकी २० वर्षीया मनिषा साहले हुलाकबाट जाहेरी पठाएकी थिइन । 

जाहेरी दिने मनिषा गत २०८० जेठ ७ गते रहस्यमय मृत्यु भएकी जनकपुरधाम उपमहानगरपालिका ९ थापाचोककी २२ वर्षीया आरती साहकी बहिनी हुन् । नगराइनका विनोदप्रसाद साहकी छोरी मनिषाले धनुषाका प्रहरी प्रमुख एसपी खड्का, डीएसपी वेदप्रसाद गौतम, सई जयप्रकाश साहसहितका प्रहरीविरुद्ध जिल्ला हुलाक कार्यालय धनुषाबाट जिल्ला सरकारी वकिलको कार्यालयमा किटानी जाहेरी पठाएकी भए पनि अहिलेसम्म उनीहरुमाथि छानबिनसमेत भएको थिएन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ