arrow

एसपी दाहाल नियन्त्रणमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २५ शनिबार
accident-final-1618290232.jpg

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) भीम दाहाल प्रहरी नियन्त्रणमा रहेका छन् । झापामा दाहाल आफैँले चलाएको गाडीसँग अनियन्त्रित भई मोटरसाइकल ठोक्किँदा मोटरसाइलमा सवार एक किशोरको मृत्यु भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । 

शुक्रबार राति करिब ९ बजे झापाको कन्काई गाउँपालिका–८ बिरिङ खोलाको पुलमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १० प १६६९ नम्बरको मोटरसाइकल प्रहरीको एसपीले चलाएको मे१च ७८३९ नम्बरको स्कारपिओ गाडीसँग ठोक्किएपछि मोटरसाइकल चालक झापाको कमल गाउँपालिका वडा नं ६ का १८ वर्षीय अनील मर्डीको मृत्यु भएको थियो । 

दाहाल प्रदेश कार्यालय धरानमा कार्यरत रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालका अनुसार मोटरसाइकलमा तीन जना चढेको र अनियन्त्रित भई गाडीमा ठोक्किएको थियो ।  

मोटरसाइकल चालक कमल गाउँपालिका–६ का १९ वर्षीय खगेन्द्र ताजपुरीया र सोही ठाउँका १८ वर्षीय पुजन राजवंशी घाइते भएका भएको पनि प्रहरीले जनाएको छ । 

उनीहरूको विर्तामोडस्थित बीएन्डसी मेडिकल कलेजमा उपचार भइरहेको छ। प्रहरीका अनुसार उनीहरुले मापसे गरेको र सवारी चालक अनुमतिपत्रसमेत नभएको पाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ