- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । तिहारका बेलामा अहिले मुलुक फूलमय बनेको छ । घरमा फूल हुनेले माला उनिरहेका छन् । फूल नहुनेले बजारबाट किनेर ल्याइरहेका छन् । अनि जसले फूलको ब्यापार गर्छन् उनीहरुले केही सातादेखि नै फूलको ब्यापार गरिरहेका छन् ।
शहरका सडक छेउँछाउँमा मखमली र गोदावरी फूलले भरिएको छ । तिहार भित्रिसक्दा काठमाडौँ भित्र र काठमाडौँ बाहिरबाट व्यापारीहरु आएर फुल बेच्न व्यस्त भएका छ्न् ।