arrow

सत्र जुवाडे चार लाख र कौडा–ताससहित पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २८ मंगलबार
Kauda.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । जिल्ला प्रहरी परिषर काठमाडौँ मातहतको स्वयम्भू र साँखुबाट खटिएको प्रहरी टोलीले ठूलो सङ्ख्यामा जुवा खेलिरहेका व्यक्तिहरुलाई पक्राउ गरेको छ ।

प्रहरी वृत्त स्वयम्भूले त्यस क्षेत्रको जुवा खालबाट आज रु चार लाख तथा कौडा र ताससहित उनीहरुलाई पक्राउ गरेको हो । 

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता कुमोध ढुङगानाका अनुसार साँखु प्रहरी प्रभावबाट खटिएको टोलीले सङ्खरापुर नगरपालिका–१ नाङलेभारेको दुई ठाउँबाट १७ जनालाई नियन्त्रणमा लिई कारबाही अघि बढाइएको छ । उनीहरुको साथबाट रु एक लाख १७ हजार नगद बरामद भएको उनले बताए । 
 
यसैबीच, तिहार लक्षित सुरक्षा योजनाअनुरुप मादक पदार्थ सेवनका कारण हुनसक्ने दूर्घटना न्यून गर्न पूर्वनिर्धारित कार्ययोजना अनुरुप जाँच भइरहेको  उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ