arrow

खुकुरी हानेर भागेका आकाशलाई गोली हानेर पक्रियो प्रहरीले  

logo
सौरभ गिरी, 
प्रकाशित २०८० मंसिर १ शुक्रबार
bullet-goli.jpg
तस्बिर – फाइल ।

नेपालगञ्ज । बाँकेमा प्रहरीले खुकुरी हान्ने एक युवकलाई गोली हानेर पकाउ गरेको छ । कोहलपुरमा बुधबार मिनबहादुर विकलाई खुकुरी प्रहार गरेका आकाशजंग रानालाई प्रहरीले गोली हानेर पक्राउ गरिएको जनाएको छ । प्रहरीलाई देखेपछि भागेका रानालाई तिघ्रामा गोली हानेर पक्राउ गरिएको बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए ।

प्रहरीले तीन गोली हानेकोमा रानालाई एक गोली लागेको थियो । प्रहरीले उनलाई खजुराबाट पकाउ गरेको हो । 

तिहारको टीकाको दिन कोहलपुरमा विकलाई खुकरी प्रहार गरी गम्भीर घाइते बनाएर भागेका उनलाई प्रहरीले खोजिरहेको थियो । 

सोही क्रममा जानकी गाउँपालिकामा लुकेर बसेको सूचना पाएपछि प्रहरी उनलाई नियन्त्रणमा लिन पुगेको थियो । उनी भागेपछि प्रहरीले गोली चलाएको हो ।

खुकुरी प्रहारबाट घाइते विकको लखनउमा उपचार चलिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ