arrow

मुगु सामूहिक हत्याकाण्ड निष्कर्षमा पुर्‍याउनेलाई सम्मान

logo
नृपेन्द्रबहादुर मल्ल,
प्रकाशित २०८० मंसिर ७ बिहिबार
mugu-hatya-samman.jpg

मुगु । मुगु छायाँनाथ रारा नगरपालिका ६ मुन्दु गाउँमा भएको चार जनाको सामूहिक हत्यामा संलग्न अपराधीलाई पक्राउ गरी हत्याकाण्ड निष्कर्षमा पुर्‍याएको भन्दै  नगरपालिकाले नेपाल प्रहरीलाई सम्मान गरेको छ । 

 नेपाल प्रहरीले आफ्नो मातहतका संयन्त्र परिचालन गरेर विभिन्न कोणबाट अनुसन्धान गरी हत्यारा पत्ता लगाई कानूनी दायरामा ल्याउन सफल भएको भन्दै छायांनाथ रारा नगरपालिकाले जिल्ला प्रहरी कार्यालय मुगु, अनुसन्धानमा खटिएको प्रहरी टोली र प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापालाई मंगलबार सम्मान गरेको हो ।

छिटो, छरितो, शान्ति र स्थानीय जनता मैत्री भएर सामूहिक हत्याको अनुसन्धानमा खटिई हत्याको कारण र हत्यारा पत्ता लगाउन सफल भएको भन्दै नगरपालिकाले नेपाल प्रहरीलाई सम्मान गरेको हो ।

गत महिना कार्तिक १० गते छायानाथ रारा नगरपालिका वडा न ६ मन्दु गाउँका स्थानीयहरूले दुई दिनदेखि एक घरमा ताला लागेको ,घर परिवार कोही बाहिर नदेखिएको खबर गरे लगतै प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाको नेतृत्वमा मन्दु गाउँमा पुगेको प्रहरी टोलीले बन्द ढोका खोल्दा एक आमासहित ३ छोरा छोरीको विभत्स हत्या गरेर घर बाहिर ताला लगाएको फेला पारेको थियो ।

घटनाको अनुसन्धान बाकेमा रहेको कर्णाली प्रदेश प्रहरी,कर्णाली प्रदेश प्रहरी सुर्खेत कर्णाली प्रदेश केनाइ शाखा,केन्द्रीय अनुसन्धान ब्युरो र मुगु प्रहरी टोलीले अनुसन्धान गरेको थियो ।

घटना स्थलमा रहेको ४ प्रहरी अनुसन्धान टोलीले म्यानुल्ली र केन्द्रीय अनुसन्धान ब्युरोले प्रविधि अनुसन्धान गरी हत्यामा संलग्न रहेको भन्दै हत्या भएको १५ दिनमा २ जना हत्या आरोपी मृतकका मामाका छोरा र सानिमाका श्रीमानलाई पत्रकार सम्मेलन मार्फत प्रहरीले सार्वजनिक गरेको थियो ।

प्रहरीको कार्यले जिल्लामा आपराधिक क्रियाकलाप नियन्त्रणमा ठूलो सहयोग पुगेको र अपराधीले जति प्रमाण नष्ट गरेर अपराध गरे पनि अपराधीलाई प्रहरीले ढिलो चाँडो पत्ता लगाइ कानूनी कठघरमा उभ्याइ छोड्ने सन्देश दिएकोले प्रहरीको कार्यलाई उच्च सम्मान गर्दै प्रहरीको मनोबल र हौसला बढाउन स्थानीय सरकारका नाताले नगरपालिकाले सम्मान गरेको नगरप्रमुख विष्णु कुमार भामले बताए । 

काम गर्नेलाई सम्मान र नगर्नेलाई दण्डको दिने चलन हामीबाटै शुरुआत गर्नुपर्छ । सबैलाई एउटै ठाउँमा राख्नु हुँदैन भन्ने मान्यताले अनुसन्धानमा दिनरात खटिने प्रहरीलाई सम्मान गरेको पनि नगरप्रमुख भामले भने ।

नगरप्रमुखबाट सम्मान पत्र ग्रहण गर्दै प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले यस्ता खालका सम्मान, समन्वय र सहयोगले नेपाल प्रहरीलाई हौसला मिल्ने गरेको र प्रहरी सङ्गठनप्रति जनताको विश्वास झन् बढ्ने विश्वास व्यक्त गरे ।

नगरपालिकाको सम्मान प्रहरीलाई मात्र नभए अनुसन्धानमा सहयोग गर्ने सबैको सम्मान भएको पनि प्रनाउ थापाले बताए ।

मन्दु सामूहिक हत्यामा २८ वर्षीया आमा श्रीदेवी बोहरा, ११ बर्षीया छोरा मनोज बोहरा, ७ वर्षकी छोरी अप्सरा बोहरा र ५ महिने छोरा रहर बोहराको हत्या भएको थियो ।

हत्याका आरोपी गोपालबहादुर बोहरा मृतक श्रीदेवीका सहोदर मामाका छोरा दाजु नाता पर्थे भने अर्का आरोपी गोर्खराज शाही श्रीदेवीका सानी आमाका श्रीमान् नाताले काका नाता पर्थे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ