arrow

लागूऔषध नियन्त्रणका लागि कर्णालीमा लालटिन अभियान

logo
नृपेन्द्र बहादुर मल्ल,
प्रकाशित २०८० मंसिर १० आइतबार
karnali-police.jpg

मुगु । लागूऔषधको ओसार पसार,व्यापार र प्रयोगलाई नियन्त्रण गरि सभ्य,शान्त र लागूऔषध सेवन रहित समाज बनाउन नेपाल प्रहरीले लालटिन अभियान शुरु गरेको छ ।

युवा पुस्ताहरूले लहलहैमा र विलासी जीवन जिउन आकस्मिक आर्थिक कमाइ गरि धनी बन्ने लालजमा परि लागूऔषधको सेवन,व्यापार र ओसार पसार गर्दा भित्र भित्र भुसमा आगो लागे झैँ युवा र समाज उत्पादन सिल भन्दा लागूऔषधको लतमा फस्दै गएको भन्दै नियन्त्रण गर्न लालटिन अभियान चलाएको हो ।

सभ्य समाज,सक्षम र सुरक्षित समाज ,कानुनी राज्य बनाउने उद्देश्यले प्रहरीले विभिन्न समयमा विभिन्न अभियान चलाउँदै आएको छ । यी अभियान प्रहरीले निस्वार्थ रूपमा सञ्चालन र कार्यान्वयन गर्दै आएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयले लागूऔषध विरुद्ध लागू गरेको लालटिन कार्य योजना २०८० अनुसार लागूऔषध नियन्त्रण गर्न जिल्ला देखि बस्ती स्तर हुँदै क्याम्पस,विद्यालयसम्म स्थानीय सरकार,नागरिक अगुवा,पत्रकार,युवा,महिला,विद्यार्थी,प्रहरी,स्थानीय प्रशासनको संलग्नतामा लालटिन अभियान समूह,समितिहरू बन्ने र ती समूह समितिहरूले लागूऔषध नियन्त्रणका लागि आवश्यक भूमिका खेल्ने जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक (डिएसपी) वीरेन्द्र थापाले बताए ।

कार्य योजना अनुसार जिल्ला स्तरीय लालटिन समन्वय डेस्क गठन भैसकेको छ । यो डेस्क प्रनाउ थापाको संयोजकत्वमा स्थानीय जनप्रतिनिधि छायानाथ रारा नगरपालिका वडा न १ का वडा अध्यक्ष पदमराज मल्ल,कलेज विद्यालयबाट महाकाली नमुना माविका शिक्षक अर्जुन शाही,जिल्ला प्रशासन कार्यालयबाट हस्त बहादुर भाम,नागरिक अगुवाबाट रूपबहादुर मल्ल,सङ्घ संस्थाबाट रारा छायानाथ यातायातका सचिव सन्तोष शाही,नेपाल पत्रकार महासङ्घ मुगु शाखा अध्यक्ष नृपेन्द्रबहादुर मल्ल ,लागूऔषध सुधार केन्द्रबाट रत्नचन्द्र जोशी सदस्य र जिल्ला प्रहरी कार्यालय सामुदायिक शाखाबाट प्रकाश सिंह कार्की सदस्य सचिव रहेका छन् ।

जिल्ला समन्वय डेस्कसङ्गै क्रमशः पालिका,वडा,बस्ती,क्याम्पस र विद्यालयका पनि लालटिन संरचना गठन गरिने छन् यो अभियान स्थानीय सरकार र प्रहरीको साझेदारी र अन्य सरोकारवालाको सहभागितामा कार्यान्वयन हुने पनि प्रनाउ थापाले बताए ।

शहरी क्षेत्र हुँदै लागूऔषध सेवन,ओसार पसार र व्यापार दुर्गम गाउँसम्म यातायातको सुविधासँगै विस्तार हुँदै गएकाले समयमै नियन्त्रण गर्न यो अभियान चलाउनु परेको प्रहरीले बताएको छ ।

यो अभियान अन्तरगत गठन भएका सबै डेस्क,समूह,समितिहरूको मुख्य काम लागूऔषध नियन्त्रणका लागि गाउँ समाजमा जनचेतना फैलाउनु, सम्बन्धित निकायमा सूचना दिनु,सेवनकर्ताको पहिचान गरि पुनर्जीवन दिने कार्य गर्नु सहित कार्य योजनाले तोकेका कार्य गर्नु रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ