- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता – महिला र बालिबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने नाराको साथ सामुदायिक वन उपभोक्ता महासंघ नेपाल संघीय महासंघको आयोजनामा नाटक देखाइएको छ ।
आइतबार बसन्तपुरको काष्ठमण्डप अगाडि लैङ्गिक हिंसाविरुद्ध सचेतनामूलक नाटक देखाइएको हो ।
नाटक संयोजन कलाकार राजु झल्लु प्रसादको परिकल्पनामा भएको थियो ।
शनिबारबाट शुरु भएको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार प्रहरीमा दर्ता भएका मुद्दालाई विष्लेषण गर्दा ८९ प्रतिशत चिनजानका मानिसबाटै महिला तथा बालिालिका हिंसामा पर्ने गरेका छन् ।