arrow

क्यानडाको राजदूतमा भरतराज पौड्यालको नाम समितिबाट अनुमोदन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १० आइतबार
gayanbahadur-.jpg

काठमाडौँ । क्यानडाका लागि नेपाली राजदूतमा प्रस्तावित भरतराज पौड्यालको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ । 

सङ्घीय संसद संसदीय सुनुवाइ समितिले आइतबारको बैठकमा सरकारद्वारा क्यानडाका लागि नेपाली राजदूतमा प्रस्तावित पौडेलको नाम अनुमोदन गरेको हो । 

यसअघि कार्तिक १५ गते समितिले पौड्याल उपर उजुरी आह्वान गरेको थियो । समिति तर्फबाट ज्ञानेन्द्रबहादुर कार्कीले क्यानडाका लागि प्रस्तावित राजदूत पौडेलको नाम समितिबाट सर्वसम्मत रूपमा अनुमोदन भएको बताए । 

उनले प्रस्तावित राजदूत पौड्यालविरुद्ध दुई वटा उजुरी परेको बताए । 

उनले क्युबा, डोमिनिकन रिपब्लिक, जमैका र हाइटीका लागि गैर आवासीय राजदूत र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आइकाओ) को पनि स्थायी प्रतिनिधिको रूपमा नियुक्ति गर्ने निर्णयको अनुमोदन गरेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ