arrow

मुगुका चारवटै पालिकामा राष्ट्रपति रनिङ्ग शिल्डको रौनक

logo
नृपेन्द्र बहादुर मल्ल,
प्रकाशित २०८० मंसिर ११ सोमबार
mugu-shild-cup.jpg

मुगु । मुगुका चारवटै स्थानीय तहहरूमा अहिले राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको रौनक छ । 

पालिकाहरूको आयोजनामा पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको आयोजनामा पालिका भरिका माध्यमिक तहका विधार्थीहरुबीच विभिन्न खेलका विधामा प्रतिस्पर्धात्मक खेल खेलिदा जिल्ला भरी खेलकुदको रौनक भएको हो ।

पालिका स्तरबाट छनौट भएका विद्यार्थी खेलाडीहरूलाई जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा प्रतिस्पर्धाका लागि सहभागी गराइनेछ ।

पालिका स्तरमा पालिकाहरूले सहभागी विद्यालयका विद्यार्थी खेलाडीहरूलाई भलिबल, कवाडी, कराँते, तेक्वान्दो, ज्याव्लिङ्ग थ्रो, सटफुट, हाइजम्फ, लम्जन्फ, त्रिपलजम्फ, १०० मिटर, २०० मिटर, ४०० मिटर, ८००मिटर १५०० मिटर र ३५०० मिटर दौड खेलाइने भने यी खेलहरू छात्रछात्र र छात्राछात्राबीच प्रतियोगितात्मक प्रतिस्पर्धा गरिने छ ।

सोरु गाउँपालिकाले आइतबार सोरुकोटको पोग्ग्रीमा पालिकाका उपाध्यक्ष केशरजङ्ग शाहिको हातबाट पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उद्घाटन गराइ खेल खेलाइ रहेको छ ।

मुगुको एक मात्र नगरपालिका छायानाथ रारा नगरपालिकाले वडा न १४ मा रहेको नाफा चौरमा गत ९ गते शुक्रवार नगरप्रमुख विष्णु कुमार भामबाट उद्घाटन गराइ खेल खेलाइ रहेको छ ।

खत्याड गाउँपालिकाले पनि गत ८ गते शुक्रवारबाट वडा न ३ मा रहेको कालिका माध्यमिक विद्यालय बुगाको चौरमा पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु गरेर सम्पन्न समेत गरिसकेको छ ।

यता मुगुम कार्मारोङ्ग गाउँपालिकामा एक मात्र माध्यमिक विद्यालय भएकाले पालिकाले यो प्रतियोगिताको आयोजना नै गरेन ।

जिल्ला खेलकुद विकास समिति सबै पालिकाहरूलाई मङ्सिर १३ गते भित्र पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सक्न पत्राचार गरेको थियो ।

सबै पालिकामा सकिएपछि १३ औ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता कहाँ र कहिलेबाट शुरु गर्ने भनेर बैठक बसी सार्वजनिक गरिने १३ औ राष्ट्रपति रनिङ्ग शिल्ड जिल्ला स्तरीय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख मन्जन बहादुर कार्कीले बताए।

उसै त हिउँदका समय कृषकहरू फुर्सदिला भएका हुन्छन् । आफ्नै पालिकामा खेलकुद प्रतियोगिता हुँदा गाउँलेहरू हेर्न उपस्थित हुँदा पालिका स्तरीय राष्ट्रपति प्रतियोगिताको रौनकै छुट्टै छ ।

जिल्ला भरी रहेका २७ माध्यमिक विद्यालयहरू मध्य २६ माध्यमिक विद्यालयहरूले आ आफ्नो पालिकाले आयोजना गरेको प्रतियोगिता भाग लिएर विभिन्न खेलमा खेलाडी विद्यार्थीहरूले प्रतिस्पर्धा गरिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ