arrow

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको निर्णय

बन्धक बनाइएका विपिनको रिहाइ गर्न अन्तर्राष्ट्रिय शक्तिहरूसँग आग्रह गरिने [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १४ बिहिबार
rajkisor-samiti.jpg

काठमाडौँ । हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशीको बिना शर्त रिहाइ गर्न अन्तर्राष्ट्रिय शक्तिहरूसँग आग्रह गर्ने निर्णय समितिले गरेको छ ।

बिहीबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले विपिनको बिना शर्त रिहाइ गर्न आग्रह गर्ने निर्णय गरेको हो ।

बैठकपछि निर्णय सुनाउँदै समिति सभापति राजकिशोर यादवले विपिन जोशीको बिना शर्त अविलम्ब रिहाइको लागि हमास लगायत अन्तर्राष्ट्रिय शक्तिहरूसँग आग्रह गर्ने निर्णय भएको बताए । 

उनले नेपाल कुनै पनि पक्षधरता देश नरहेको र जहिले पनि शान्तिको वकालत गर्ने भएकाले नेपालका नागरिकलाई कुनै पनि कारणबिना बन्धक बनाइनु नहुने बताए । 

उनले साथै समितिको बैठकले समितिको ६ महिनाको भावी कार्ययोजना र समितिको कार्य प्राथमिकीकरणका लागि नौ सदस्यीय कार्यदल गठन गरेको बताए ।

 उनले कार्यदलले समितिको प्राथमिकीकरण कुन विषयलाई कहिले टुङ्ग्याउने भन्ने निष्कर्ष निकाल्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ