arrow

 ‘बैंक अफ दि इयर २०२३’ को उपाधि प्रभु बैंकलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १५ शुक्रबार
prabhu-bank-of-the-year-202.jpg

काठमाडौँ । प्रभु बैंकले लिमिटेडले ‘बैंक अफ दि इयर २०२३’ को उपाधि हासिल गरेको छ । बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका ‘दि बैंकर’ ले सन् २०२३ को ‘बैंक अफ दि इयर’बाट प्रभु बैंकलाई सम्मान गरेको हो ।

बिहीबार बेलायतमा भएको समारोहमा प्रभु बैंक सञ्चालक समितिका अध्यक्ष लिलाप्रकाश सिटौला र बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले संयुक्त रूपमा ‘बैंक अफ दि इयर २०२३’ को सम्मान ग्रहण गरेका हुन् ।

बैंकले नागरिकलाई पुर्‍याएको वित्तीय सेवा, प्रतिस्पर्धी बैंक बीचको सम्बन्ध र वित्तीय कार्यसम्पादन क्षमतालगायतका सूचकका आधारमा मूल्यांकन गरी उत्कृष्ट ठहरिएबापत उक्त उपाधिबाट प्रभुलाई सम्मान गरिएको फाइनान्सियल टाइम्सले जनाएको छ । 

उपाधि पाएसँगै अध्यक्ष सिटौलाले नेपालको बैंकिङ प्रणालीको सफलतामा एउटा इँटा थप्न सफल भएको बताए ।  ‘वर्तमान अर्थतन्त्रको पृष्ठभूमिमा प्राप्त भएको यो सम्मानले बैंकिङ क्षेत्रमै हौसला प्रदान गरेको छ। हाम्रा सेवा र सेयरधनीलाई उचित प्रतिफल दिन थप मद्दत पुग्ने विश्वास लिएका छौँ,’ उनले भने।

त्यस्तै सो उपाधि ग्रहण गरेसँगै सीईओ शेरचनले खुशी व्यक्त गर्दै उल्लेख गरेका छन्, ‘‘यो सुखद खबर यहाँहरु समक्ष बाँड्न पाउँदा हामी अत्यन्त उत्साहित छौँ ।’ उनले अवार्ड प्राप्तिको श्रेय प्रभु बैंकका सञ्चालक तथा कर्मचारीहरुको मेहनत, शेयरधनी, सेवाग्राही तथा शुभचिन्तकलाई दिए।

‘ ‘दि बैंकर’ले विश्वभरका १२० भन्दा बढी राष्ट्रका एक हजार भन्दा बढी बैंकमध्ये हरेक राष्ट्रबाट एउटा उत्कृष्ट बैंकको छनोट गरी हरेक वर्ष सम्मान गर्दै आएको छ। अवार्ड वितरण समारोहमा १२० भन्दा बढी देशका ३५० भन्दा बढी बैंकका अध्यक्ष, सीईओ, सीएफओ र अन्य वरिष्ठ प्रबन्धकको सहभागिता रहेको थियो।

सन् २००६ मा प्रभु फाइनान्सबाट शुरू भएको प्रभुको वित्तीय सेवायात्रा प्रभु ग्रुपसम्म आइपुगेको छ । बैंकले ३ सय बढी शाखा सञ्जाल, ७१ एक्सटेन्सन काउन्टर, ३१० एटीएममार्फत देशव्यापी रुपमा ३१ लाख भन्दा बढी सेवाग्राही बैंकिङ सेवा प्रदान गरिरहेको जनाएको छ । 

२०७९ पुसमा सेञ्चुरी बैंक प्रभुमा विलय गराएर एकीकृत कारोबार शुरू गरेको बैंकमा ८ वटा बैंक तथा वित्तीय संस्था गाभिएका छन् ।

हाल प्रभु बैंकको चुक्ता पूँजी २३ अर्ब, सम्पत्ति करिब साढे तीन ३ खर्ब, निक्षेप संकलन साढे २ खर्ब र ऋण प्रवाह २ खर्ब ५३ अर्ब रहेको बैंकले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ