- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
मान्म । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको व्यवस्थाविरुद्ध वितृष्णा फैलाउनेहरुबाट सचेत हुनुपर्ने बताएका छन् । समृद्धिका लागि सङ्कल्प यात्रामा निस्किएका ओलीले आज दैलेखको राकममा आयोजित सभालाई सम्बोधन गर्दै गणतन्त्रलाई उल्टाउने कुरा गर्नेको कुचेष्टा सफल नहुने बताए ।
“आज कोही प्रतिगमनतिर फर्कने कुरा गर्दै छ भने त्यो देशद्रोही हो । त्यो लोकतन्त्र विरोधी हो ।” उनले भने, ‘त्यो जनतालाई गरिब राख्न खोज्ने कुरा हो ।”
लोकतन्त्रको विरोधमा बोल्ने र त्यसबारे सोच्ने व्यक्ति नेपाल र नेपालीको हितको पक्षमा नरहेको अध्यक्ष ओलीको भनाइ छ । “त्यो नेपाल र नेपालीको हित विपरीतको कुरा हुन्छ ।”
उनले भने, “नागरिकसँग भेटौँ र पार्टीका सन्देश जनताबीचमा पु¥याऔँ, नागरिकका कुरा सुन्न सकौँ भनेर एमालेले पूर्वपश्चिम मध्यपहाडी लोकमार्ग अभियान चलाएको छ ।” रासस