arrow

एसको महाधिवेशन जेठमा मात्रै, माघमा राष्ट्रिय सम्मेलन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १९ मंगलबार
ncp-united-socialist-party-office.jpg

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले आफ्नो राष्ट्रिय महाधिवेशन आगामी २०८१ साल जेठमा मात्रै गर्ने भएको छ । 

मंगलवार काठमाडौंमा बसेको पार्टी केन्द्रिय सचिवालय बैठकले माघको १४ र १५ गतेका लागि तय गरेको पार्टीको राष्ट्रिय महाधिवेशन २०८१ साल जेठ ३ देखि ७ गतेसम्म गर्ने निर्णय गरेको हो । 

पार्टीको महाधिवेशन जेठको पहिलो साता काठमाडौंमा हुनेगरी मिति सारिएको पार्टीका उपमहासचिव डा.गंगालाल तुलाधरले जानकारी दिए । 

त्यसैगरी बैठकले पार्टीको महाधिवेशनमा प्रश्तुत हुने प्रतिवेदनहरुको मस्यौदा तयार पार्नका लागि अध्यक्ष माधवकुमार नेपालको नेतृत्वको २७ सदस्यीय मस्यौदा कमिटी पनि बनाएको छ । 

पार्टीका पदाधिकारीसहितका नेताहरुलाई सो मस्यौदा कमिटीमा राखिएको पनि तुलाधरले बताए । 

नेकपा एसले माघ १४ र १५ गते भने पार्टीको राष्ट्रिय सम्मेलन गर्ने भएको छ । 

बैठकले सो सम्मेलनका लागि विधानको व्यवस्था गर्न पार्टीका उपाध्यक्ष एवं संगठन विभाग प्रमुख वेदुराम भुसालको नेतृत्वमा महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वाला सदस्य रहेको कार्यदल पनि गठन गरेको छ । 

त्यसैगरी सो राष्ट्रिय सम्मेलनको व्यवस्थानका लागि उपमहासचिव गंगालाल तुलाधरको नेतृत्वमा अर्को एउटा कमिटी पनि बनाइएको छ । मंसिरको २८ र २९ गते पुनः सचिवालयको बैठक पनि बोलाउने निर्णय गरिएको छ । 

पौषको ९ गते स्थायी कमिटी, १० गते पोलिटव्युरो र ११ र १२ गते केन्द्रिय कमिटीको बैठक बसी राष्ट्रिय महाधिवेशन र राष्ट्रिय सम्मेलनमा प्रश्तुत हुने एजेण्डाबारे छलफल गर्ने निर्णय पनि बैठकले गरेको उपमहासचिव तुलाधरले बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ