arrow

सचिवबाट अवकाश लिएर भरतराज क्यानडाको राजदूतको तयारीमा, सेवा निमित्तमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २० बुधबार
bharatraj-poudyal-ambassado.jpg

काठमाडौँ । परराष्ट्र सचिव भरतराज पौड्यालले सेवाबाट अवकाश लिएका छन् । “करिब ३७ वर्ष लामो सक्रिय निजामती सेवाबाट आजदेखि अवकाश लिएको छु”, गएराति सामाजिक सञ्जालमा उनले लेखेका छन् । 

सरकारले पौड्याललाई क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ । संसदीय सुनुवाइ समितिले सरकारको उक्त सिफारिसलाई अनुमोदन गरिसकेको छ । 

सचिव पौड्यालले अनिवार्य अवकाश लिएसँगै परराष्ट्र मन्त्रालयकी वरिष्ठ सहसचिव सेवा लम्सालले निमित्त परराष्ट्र सचिवको जिम्मेवारी पाएकी छिन् । सरकारले उनलाई सचिव नियुक्त गर्ने सम्भावना छ । 

यस्तो लेखेका छन् उनले सामाजिक सञ्जालमा

'झन्डै ३७ बर्ष लामो सक्रिय निजामती सेवाबाट आजदेखि अवकाश लिएको छु । यस अवधिमा प्राप्त सहयोग र सद्भाबका लागि सबै आदरणीयजन, मित्रजन, सहकर्मी, शुभेक्षुक एवं नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछु । यो अवधि क्रियाशीलता, अनुभव र कर्तव्यप्रतिको समर्पणका हिसाबले अत्यन्तै सक्रिय र मुल्यवान रह्यो । केही सिकियो, मुलुक र मुलुकबासीको हितमा केही योगदान गरियो, जानीबुझी गलत काम गर्न अभिप्रेरित भइएन । जिम्मेवारीजन्य सीमाका कारण कुनै कमी भएको भए त्यसलाई यहीँ विश्राम दिएर सकारात्मक र सुखद अनुभूति लिँदै अबको बाटो रेखांकन गरेको छु । नेपाल सरकारबाट प्राप्त नयाँ  जिम्मेवारीको लागि तयारी गर्दै गर्दा सबैबाट निरन्तर सद्भाव र सहयोगको अपेक्षा गर्दछु ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ