arrow

तीन संसदीय समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २२ शुक्रबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौँ ।  आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ ।

राज्य व्यवस्था तथा सुशासन समिति, संसदीय सुनुवाई समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । 

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । 

बैठकमा समसामयिक विषयमा छलफल हुनेछ । 

त्यस्तै दिउँसो साढे २ बजे बस्ने संसदीय सुनुवाई समितिको बैठकमा परराष्ट्र मन्त्रीसँग छलफल र प्रश्तावित राजदुतको सुनुवाइ हुनेछ । 

त्यस्तै बिहान साढे १० बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० मा दफावार छलफल हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ