arrow

चौध किलो सुन छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २२ शुक्रबार
14kg-gold-2080-08-22-(4).jpg

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको १४ किलो सुनको छानबिन गर्न प्रमुख भन्सार अधिकृत मनिराम पौडेलको संयोजकत्वमा समिति बनाएको छ । 

समितिमा प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृत प्रकाश निरौला, भन्सार अधिकृत डिल्लुप्रसाद शर्मा, शाखा अधिकृत मञ्जु थापा र भन्सार अधिकृत लोकराज ढुंगाना रहेको छ सदस्यीय समिति बनाइएको हो । 

उक्त सुनसहित दुई जनालाई पक्राउ गरेका छन् । 

कार्यालयको टोलीले गएराति फ्लाइ दुबईको उडान नं  एफजेड–५७३ बाट आएका गोरखाका मीनबहादुर घले र अर्का एक जनालाई पक्राउ गरेको हो ।

कार्यालयका भन्सार अधिकृत रमेश कुँवरले घलेले छातीको दायाँबायाँ कपडामा बेरेर लुकाइछिपाई ल्याएको सात थान बिस्कुट आकारको १४ किलोग्राम सुनसहित (सुनजस्तो देखिने पहेलो धातु) पक्राउ गरिएको जानकारी दिए । 

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले घलेको सूचनाका आधारमा थप एक जनालाई पक्राउ गरिएको बताए । 

पक्राउ परेका घलेलाई निकासी पैठारी नियन्त्रण ऐन, २०१३ र भन्सार ऐन २०६४ अन्तर्गत भन्सार महसुल छली तथा चोरी पैठारी कसुर गरेकाले थप अनुसन्धानका लागि कार्यालय खुलेसँगै त्रिभुवन विमानस्थल कार्यालय गौचरनमा बुझाउने गरी प्रहरी प्रभाग कोटेश्वरको जिम्मा लगाएको छ । 

घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए । 

14kg-gold-2080-08-22 (7).jpg
14kg-gold-2080-08-22 (8).jpg
14kg-gold-2080-08-22 (1).jpg
14kg-gold-2080-08-22 (2).jpg
14kg-gold-2080-08-22 (3).jpg
14kg-gold-2080-08-22 (4).jpg
14kg-gold-2080-08-22 (5).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ