arrow

सर्वोच्चका प्रस्तावित न्यायाधीशविरुद्धको उजुरी बारे उजुरीकर्तासँग छलफल हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २४ आइतबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौँ ।  आज संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ ।

बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । 

आजको बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश विरुद्ध परेको उजुरी सम्बन्धमा उजुरीकर्तासँग छलफल हुनेछ । 

सर्वोच्च  सिफारिस भएका न्यायाधीशविरुद्ध समितिमा १० वटा उजुरी परेका छन् ।

सर्वोच्च अदालतका लागि सिफारिस भएका न्यायाधीशमा सारङ्गा सुवेदीका नाममा छ, टेकप्रसाद ढुङ्गानाका नाममा तीन र अब्दुल अजिज मुसलमानका नाममा एउटा उजुरी परेको छ । 

उनका अनुसार सिफारिस भएका न्यायाधीशमा महेश शर्मा पौड्याल, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाममा कुनै पनि उजुरी परेको छैन ।

न्यायपरिषद्ले सर्वोच्च अदालतमा रिक्त न्यायाधीश नियुक्तिका लागि यही मङ्सिर ५ गते छ जनाको नाम सिफारिस गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ