arrow

हिन्दू राष्ट्र र राजसंस्था पुनः स्थापनाका लागि मोर्चा बनाएर आन्दोलन गर्नुपर्ने कमल थापाको निष्कर्ष [भिडियो]

सम्पूर्ण नागरिकलाई सडकमा आउन अपील

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २४ आइतबार
kamal-thapa-niskarsa.jpg

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले हिन्दू राष्ट्र र राजसंस्था पुनः स्थापनाको निम्ति आन्दोलन गर्नुपर्ने बताएका छन् । 

आइतबार काठमाडौँमा पार्टीको केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले हिन्दू राष्ट्र र राजसंस्था पुनर्स्थापनाको निम्ति आन्दोलनको विकल्प नभएको बताएका हुन् । 

उनले हिन्दू राष्ट्र र राजसंस्था पुनः स्थापनाको एजेन्डाको मुख्य संवाहक आफूहरू नै भएको भन्दै यसको निम्ति आन्दोलन नै अन्तिम विकल्प भएको बताएका हुन् । 

उनले हिन्दू राष्ट्र र राजसंस्था पुनः स्थापनाका लागि बृहत् राष्ट्रिय मोर्चा बनाएर आन्दोलनमा जानुपर्ने बताए । 

उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था असफल भइसकेको बताए । 

अबको विकल्प राजसंस्था सहितको प्रजातन्त्र, हिन्दू राष्ट्र र दुई तहको सरकार भएको उनको भनाइ छ । 

उनले यसको निम्ति सम्पूर्ण जनताहरूलाई सडकमा आउन अपील गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ