arrow

नेपालको सबै क्षेत्रमा ग्लोबल आईएमई : चन्द्र ढकाल [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २८ बिहिबार
chandra-dhakal-global-ime-bank-agm-2080.jpg

काठमाडौँ । ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकको पहुँच नपुगेका नागरिकहरूलाई सेवा पुर्‍याउने प्रमुख प्राथमिकता ग्लोबल आईएमई बैंकको रहेको बताएका छन् ।

बिहीबार ग्लोबल आईएमई बैंकको १७ औँ वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । 

उनले बैंकको ७७ जिल्लाहरूमा शाखा बिस्तार भएको भन्दै बैंकको पहुँच नपुगेको ग्रामीण क्षेत्रमा बैंकको पहुँच पुर्‍याउन प्रमुख प्राथमिकता राखेर आगामी दिनमा काम गर्ने बताए । 

अध्यक्ष ढकालले ग्लोबल आईएमई बैंकले आर्थिक वर्ष २०७९-०८० मा ९ अर्ब २६ करोड ५५ लाख मुनाफा गरेको बताए। उनले कुल मुनाफामा सरकारलाई तिरेको करपछिको मुनाफा भने बैङ्कले ६ अर्ब ६९ करोड ४४ लाख हासिल गरेको बताए । 

उनले बैङ्कले मुनाफाबाट बैंकका शेयर धनीहरुलाई ८ प्रतिशत नगद र १ प्रतिशत शेयर गरी ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरिएको बताए । 

उनले आर्थिक वर्ष २०७९-०८० को नाफाबाट १ प्रतिशत बोनेस शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी ३६ अर्ब १२ करोड ८७ लाख पुग्ने उल्लेख गरे । 

उनले गत आर्थिक वर्षमा बैंकको कुल निक्षेप ४ खर्ब ६९ अर्ब र कर्जा ३ खर्ब ७४ अर्ब रहेको दाबी गरे । 

उनले गत आर्थिक वर्षमा बैंकको ब्याजदर आम्दानी ६६ प्रतिशतले वृद्धि भएको जानकारी दिए । 

उनले बैङ्कले ३५५ वटा शाखा,राजश्व शाखा ६५ लगायत अन्य सबै गरी १ हजार ७२ वटा आउटलेटमार्फत सेवा प्रदान गर्दै आइरहेको बताए । 

उनले चालु आर्थिक वर्षको पछिल्लो ३ महिनामा बैंकको निक्षेप ४ खर्ब ५६ अर्ब,कर्जा ३ खर्ब ७५ अर्ब पुगेको उल्लेख गरे ।

उनले भने,‘ आर्थिक वर्ष २०७९-०८०मा बैंकको मुनाफा ९ अर्ब २६ करोड ५५ लाख करपछिको मुनाफा ६ अर्ब ६९ करोड ४४ लाख हासिल गरेको छ । बैङ्कले मुनाफाबाट शेयरधनीहरुलाई ८ प्रतिशत नगद र १ प्रतिशत शेयर गरी ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ । आर्थिक वर्ष२०७९-०८०को नाफाबाट १ प्रतिशत बोनेस शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी ३६ अर्ब १२ करोड ८७ लाख पुग्नेछ । गत आर्थिक वर्षमा बैंकको कुल निक्षेप ४ खर्ब ६९ अर्ब कुल कर्जा ३ खर्ब ७४ अर्ब रहेको छ । गत आर्थिक वर्षमा बैंकको ब्याजदर आम्दानी ६६ प्रतिशतले वृद्धि भई १७ अर्ब १० करोडका साथै खुद मुनाफामा ३५ प्रतिशतले वृद्धि भई ६ अर्ब ६९ करोड ४४ लाख हासिल गर्न सफल भएको छ । ७७ जिल्लामा बैंकको शाखा सञ्चालनमा रहेको छ । बैङ्कले ३५५ वटा शाखा,राजश्व शाखा ६५ लगायत अन्य सबै गरी १ हजार ७२ वटा आउटलेट मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । चालु आर्थिक वर्षको पछिल्लो ३ महिनामा बैंकको निक्षेप ४ खर्ब ५६ अर्ब रहेको छ । कर्जा ३ खर्ब ७५ अर्ब पुगेको छ । यो अवधिमा बैङ्कले १ अर्ब २२ करोड बढी मुनाफा कमाएको छ । बैंकको पहुँचमा नपुगेका नागरिकहरूलाई बैङ्किङ सेवा पुर्‍याउने आगामी कार्यदिशा रहेको छ । कोरियामा बैंकको शाखा खोल्न प्रयास जारी रहेको छ ।’

उनले बैङ्कले पहिलो त्रैमासमा १ अर्ब २२ करोड बढी मुनाफा कमाएको बताए । उनले कोरियामा बैंकको शाखा खोल्न प्रयास जारी रहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ