arrow

काठमाडौँ-तराई-मधेस द्रुतमार्ग सडक निर्माणको सम्बन्धमा सरोकारवाला सबै मन्त्रालयसँग छलफल गर्ने [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ४ बुधबार
samiti-rajya-bewasta.jpg

काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिले काठमाडौँ-तराई-मधेस द्रुतमार्ग सडक निर्माणको सम्बन्धमा सरोकारवाला सबै मन्त्रालयहरूसँग संयुक्त रूपमा बैठक गर्ने भएको छ । 

बुधवार बसेको समितिको बैठकले काठमाडौँ-तराई-मधेस द्रुतमार्ग सडक निर्माण गर्नका लागि सबै काम शून्य बिन्दुदेखि निजगढसम्म सम्पन्न गर्न, गराउनका लागि सरोकारवाला सबै मन्त्रालयसँग संयुक्त रूपमा बैठक गरी तत्पश्चात् निर्देशन दिने निर्णय गरेको हो । 

त्यस्तै बैठकले राष्ट्रिय गौरवका आयोजनाहरूको हकमा पूरक वातावरणीय प्रभाव मूल्याङ्कन समय सीमा तोकी उक्त अवधिभित्र स्वीकृत गरी रुख कटान तथा जग्गा प्राप्ति लगायतका कार्यमा समयमै सम्पन्न गर्न आवश्यक सहजीकरण गरिदिन वन मन्त्रालय र अर्थ मन्त्रालयलाई निर्देशन पनि दिएको छ । 

समितिको बैठकले राष्ट्रिय गौरवका आयोजनाहरू समयमै सम्पन्न गर्नका लागि सबै पक्षबाट प्राथमिकता दिई आवश्यक सहयोग गर्न नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई समन्वय गर्न पनि निर्देशन दिएको छ । 

समितिको निर्णयमा द्रुततर निर्माण सम्बन्धमा नेपाली सेनाबाट अनुरोध भए बमोजिमको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट उपलब्ध गराउनुपर्ने आवश्यक प्राविधिक तथा अन्य सहयोग समयमै उपलब्ध गराउन भौतिक तथा पूर्वाधार मन्त्रालयलाई निर्देशन दिने पनि भनिएको छ । 

त्यसै गरी, नेपाली सेनालाई जिम्मेवारी दिएको कोरिडोर सडकहरूसँग नेपाली सेनाको जनशक्ति, उपकरण केही समय प्रयोगविहीन रहेको र क्षमता अनुरूप प्रयोग गर्न नसकिएकोले भन्दै अर्थ मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयलाई आवश्यकता अनुसारको बजेट व्यवस्थापन गर्न निर्देशन दिने पनि निर्णय भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ