arrow

समितिमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक

समितिले विधेयकमाथि संशोधन हाल्ने सबै सांसदहरुसँग एकैपटक छलफल गर्ने [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ८ आइतबार
kanun-samiti.jpg

काठमाडौँ । कानून, न्याय तथा मानव अधिकार समितिले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधन हाल्ने सबै सांसदहरुसँग एकैपटक छलफल गर्ने भएको छ । 

कानून, न्याय तथा मानव अधिकार समितिको बैठक आईतवार (आज) राखिएको थियो । आजको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा संशोधन प्रश्तावकर्ता सांसदहरुसँग छलफल गर्ने कार्यसूचि रहेको थियो । 

सोहीअनुरुप संशोधनकर्ता केही सांसदहरुलाई बोलाइएको पनि थियो । तर बैठकमा उपस्थित संशोधनकर्ता सांसदहरुले सबै संशोधनकर्ता सांसदहरुको सामुहिक उपस्थितिमा संशोधनमाथि छलफल गर्नुपर्ने आग्रह गरेपछि बैठक स्थगित भएको हो । 

समिति सभापति विमला सुवेदीले समिति सदस्यहरुको आग्रह बमोजिम आगामी बैठक पुष १६ गते बिहान ११ बजे बस्नेगरी बोलाइएको जानकारी गराइन् । 

उनले आगामी बैठकमा विधेयकमाथि संशोधन प्रश्ताव राख्ने सबै सांसदहरुलाई बोलाइने बताइन् । 

सभापति सुवेदीले आजको बैठकमा ६२ जना संशोधनकर्ताहरुमध्ये ५६ जनालाई खबर गरिएको भएपनि त्यसमध्ये १९ जनाले बैठकमा उपस्थिति जनाउने प्रतिवद्धता जनाएअनुरुप बैठक राखिएको पनि उल्लेख गरिन् । 

आगामी बैठकका लागि समितिले संशोधनकर्ताहरुलाई फोनसँगै म्यासेज पनि गर्ने उनको भनाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ