arrow

प्रचण्डले एनसेल खरिद गर्ने व्यापारीलाई चिनेको भनेपछि झोकिए ओली [भिडियो]

असान्दर्भिक कुराहरू गरेर ध्यान अर्कातिर मोडेर पाइन्न

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ८ आइतबार
oli-ncell-kanda.jpg

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एनसेल खरिद गर्ने व्यापारीलाई आफूले पनि चिनेको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

प्रचण्डले संसद्को राज्यको व्यवस्था तथा सुशासन समितिको बैठकमा एनसेल खरिद गर्ने व्यापारीलाई ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले पनि चिनेको बताएका थिए । 

आइतबार पार्टीको हालै सम्पन्न झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्राबारे सञ्चारकर्मीसँग संवाद कार्यक्रममा उनले राज्यको खर्बौँ सम्पत्ति नोक्सान हुने खालको बेथिति गर्नु र सो व्यापारी चिन्नु एउटै कुरा हो ? भनी प्रचण्डलाई प्रश्न समेत गरे । 

सो सम्बन्धमा सरकारले लोकलाजको समेत ख्याल नगरेको ओलीको जिकिर थियो । उनले व्यक्तिको फाइदाका लागि राज्यको सम्पत्ति डुबाउने कुरा तत्काल रोकिनुपर्ने बताए ।

अध्यक्ष ओलीले भने, ‘यत्रो एनसेल, खर्वौँको सम्पत्ति अर्बमा । त्यो त कति प्रतिशत भन्ने ? यसरी बेच्ने काम गरिन्छ । अव बेचेको कहिले होइन भन्छ सञ्चार मन्त्रालय । फेरि हो भन्छ–सञ्चार मन्त्रालय । के हो त्यो ? अर्कोको हो भन्छ, फेरि अर्काले होइन भन्छ । यस्तो खालको हुनु भएन । यो राज्यको सम्पत्ति केही व्यक्तिको फाइदाका लागि केही व्यक्तिले फाइदा लिएर राज्यको सम्पत्ति डुबाउने खालका यस्ता कामहरू रोकिनु पर्छ । यस्ता थुप्रै समस्याहरू छन् । जो संसदीय समितिहरूमा पनि छलफल, विमर्श भइराखेको छ । सार्वजनिक ढङ्गले पनि विमर्श भइराखेका छन् । यस्ता कुराहरूतर्फ एउटा विधिको शासन, थितिको शासन र लोकलाज त राखेर काम गर्नुपर्‍यो नि सरकारले । सरकारको यो बेथिति, अरू अनेक कुराहरूमा । अब त कस्तो भयो भने तपाईँहरूको सरकारले यस्तो बेथिति गरेछ नि भन्दा त्यो बेथिति गर्‍यो भन्ने व्यापारीलाई त केपी ओली पनि चिन्नुभएको छ नि भनियो । केपी ओलीले नेपालका व्यापारी किन चिन्दैन ? चिन्छ नि त । अनि व्यापारी चिन्नु र बेथिति गर्नु एउटै कुरा हो ? त्यस कारण यस्ता खालको असान्दर्भिक कुराहरू गरेर ध्यान अर्कातिर मोडेर पाइन्न ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ